सोमबार, १४ माघ २०८१
ताजा लोकप्रिय

ओस्कारको मनोनयनमा पर्ने पहिलो ट्रान्सजेन्डर बनिन् कार्ला सोफिया

आइतबार, १३ माघ २०८१, १२ : ४४
आइतबार, १३ माघ २०८१

लस एञ्जलस । कार्ला सोफिया गास्कन ओस्करको मनोनयन प्राप्त गर्ने पहिलो ट्रान्सजेन्डर अभिनेत्री बनेकी छिन् । स्पेनी अभिनेत्री कार्ला एमिलिया पेरेज फिल्मका लागि उत्कृष्ट अभिनेत्रीको श्रेणीमा ओस्कर मनोनयनमा परेकी हुन् । कार्लाको फिल्म एमिलिया पेरेज अहिले चर्चामा छ ।

ओस्करमा यो फिल्म १३ विधामा मनोनयनमा परेको छ । अभिनेत्रीले कान्स फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेत्रीको अवार्ड पनि पाएकी थिइन् । साथै, सोही फिल्मको लागि उनी गोल्डेन ग्लोब अवार्ड २०२४ को लागि मनोनयन परेकी थिइन् ।

फिल्ममा निभाएकी थिइन् ड्रग कार्टेल नेताको भूमिका

कार्लाले २०२४ को फिल्म एमिलिया पेरेजमा लागूपदार्थ तस्करीको नेताको भूमिका निर्वाह गरेकी थिइन् । फिल्ममा उनले महिलाको रूपमा बाँच्न आफूलाई मद्दत गर्न रीता नाम गरेकी महिलालाई काममा राख्छिन् । यो फिल्ममा सेलेना गोमेज पनि मुख्य भूमिकामा छिन् ।

को हुन् कार्ला सोफिया गास्कन ?

स्पेनको अल्कोबेन्डासमा १९७२ को मार्च ३१ मा जन्मिएकी कार्लाले म्याड्रिड फिल्म स्कूल ईसीएएमबाट अभिनयको डिग्री लिएकी छिन् । लन्डनमा उनले स्पेनी भाषा सिक्नेबारे बीबीसी सिरिजमा र मिलानमा बच्चाका शोका लागि कठपुतलीहरूलाई आवाज दिने काम गरिन् ।

स्पेनी दैनिक सोप ओपेरा एल सुपरमामा उनी विमान परिचारिकाको भूमिकामा देखा परेकी थिइन् । यसपछि, मेक्सिकन फिल्म निर्माता जुलियन पास्टरको अनुरोधमा कार्ला २००९ मा मेक्सिको आइन् । मेक्सिकोमा उनले धेरै टेलिनोभेलसा (ल्याटिन अमेरिकामा उत्पादन हुने एक प्रकारको टेलिभिजन कार्यक्रम)मा काम गरिन् ।

२०१८ मा  गरेकी थिइन् लिङ्ग परिवर्तन

कार्लाले २०१८ मा आफ्नो पूर्ण लिङ्ग परिवर्तन पूरा गरेकी थिइन् । लिङ्ग परिवर्तन पछि कार्लाले आफ्नो बर्थ नेम करसियामा एउटा पुस्तक लेखिन् । अभिनेत्रीले करसिया–एन एक्स्ट्राऑर्डिनरी स्टोरी शीर्षक आफ्नो आत्मकथा प्रकाशित गरेकी थिइन् । 

यस आत्मकथामा उनले आफ्नो नयाँ नाम कार्ला सोफिया गास्कोन घोषणा पनि गरिन् । कार्लाले मारिसा गुटेरेजसँग विवाह गरेकी छिन् । उनले मारिसालाई १९ वर्षकी हुँदा भेटेका थिए । दुवै जनाको भेट एउटा नाइट क्लबमा भएको थियो । दुवैको एक छोरी पनि छिन्, जसको जन्म २०११ मा भएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप