एमालेले बोलायो संसदीय दलको बैठक
आइतबार, १३ माघ २०८१, १६ : ००

काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार दिउसो १ बजे सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बैठक बोलाइएको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
सङ्घीय संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीतिका लागि तय गर्न स संसदीय दलको बैठक बस्न लागेको हो । बैठकमा आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकका विषयमा पनि छलफल हुने बताइएको छ ।
आउँदो १८ माघबाट सङ्घीय संसद्को अधिवेशन सुरु हुँदै छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विमला तुम्खेवाका तीन कविता
-
खानेपानीमन्त्री यादव भारत प्रस्थान
-
अखिल क्रान्तिकारीले टुंग्यायो आरआरको स्ववियु सभापति उम्मेदवार
-
नेपालमा साँचो लोकतन्त्र २०६५ सालमा जन्मिएको हो, त्यसअघि होइन
-
हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण नेपालको रूपरेखा फेर्न सहयोग पुग्नेछ : अध्यक्ष प्रचण्ड
-
‘साना गाई हटाएर २० लिटर दूध दिने खालका पाल्नुपर्छ’