समीक्षाको स्वरमा ‘नयाँ बाटो रोज्दै छु’
आइतबार, १३ माघ २०८१, १२ : १५

काठमाडौँ । गायिका समीक्षा अधिकारीको स्वर रहेको नयाँ गीत ‘नयाँ बाटो रोज्दै छु’ सार्वजनिक भएको छ । गीतमा हरि कटुवालको शब्द तथा सन्तोष श्रेष्ठको सङ्गीत रहेको छ ।
गीत हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत बजारमा आएको हो । गीतमा सञ्जीव बराईलीको एरेन्ज छ । गीतको भिडियोमा गीता ढुङ्गाना र पर्वत गदाईली फिचर्ड छन् ।
देवराज आचार्यको निर्देशन रहेको भिडियोमा युवा युवतीबिचको सफल हुन नसकेको प्रेम र पीडा देखाइएको छ ।
निर्देशक आचार्यकै छायाङ्कन रहेको भिडियो पदम सुवेदीले सम्पादन गरेका हुन् । देवराज आचार्यले निर्देशन गरेको भिडियोमा गीता ढुङ्गाना र पर्वत गदाईली फिचर्ड छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचारविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा
-
संविधान संशोधन गरी सङ्घीय र प्रदेश मन्त्रालय र सांसदको सङ्ख्या घटाउनुपर्छ : एनपी साउद
-
गभर्नर नियुक्ति प्रकरण : २० वर्ष अघिको सकस दोहोरिँदै
-
गभर्नर विवादसम्बन्धी रिट न्यायाधीशद्वय शर्मा र पाण्डेयको इजलासमा
-
कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध
-
शिक्षकले विद्यार्थीको भविष्य बिगार्न हुँदैन