रास्वपाले बोलायो सचिवालय बैठक, सात विषय छलफलका एजेन्डा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ । पार्टी कार्यालय वनस्थलीमा सोमबार बस्नेगरी सचिवालय बैठक बोलाएको कार्यवहाक प्रवक्ता प्रतिभा रावलले जानकारी दिएकी छन् ।
कार्यवहाक प्रवक्ता रावलका अनुसार सचिवालय बैठकमा सात विषय छलफल हुनेछ । ‘समसामयिक राजनीति र पार्टी गतिविधि,सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम (पदाधिकारीको नेतृत्वमा), स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आबद्धता हुने सम्बन्धमा, संसद् अधिवेशन, सल्लाहकार परिषद् र केन्द्रीय सङ्गठन विभागमा मनोनयन लगायतका विषय छलफलका विषय तय भएका छन्’, रावलको भनाइ छ ।
त्यस्तै पार्टीका विभिन्न नियमावलीहरू विभाग सञ्चालन नियमावली २०८१ (संशोधन प्रस्ताव) र नयाँ नियमावलीहरू प्रस्ताव (सङ्गठन विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, प्रवास नेपाली सम्पर्क विभागको नियमावली २०८१, र्याट विभाग नियमावली २०८१) का बारेमा पनि छलफल हुने सो पार्टीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओली ||LIVE||
-
प्रधानमन्त्री ओली भोलिबाट थाइल्याण्ड भ्रमणमा जाने
-
सुरु भयो प्रतिनिधिसभा बैठक
-
श्रद्धाञ्जलीका लागि कोइरालाको पार्थिव शरीर एकीकृत समाजवादीको कार्यालयमा
-
तेस्रो कार्यकालका लागि पनि राष्ट्रपतिमा उम्मेदवारी दिने विचार गरिरहेका छन् ट्रम्प
-
स्वास्थ्य बिमा सेवामा हैरानी छ, सहज बनाउ सरकार !