तिलक वर्माको उत्कृष्ट अर्धशतकसँगै भारतले भ्रमणकारी इङ्ल्यान्डलाई हरायो
काठमाडौँ । घरेलु टोली भारतले शनिबार राति सम्पन्न दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि इङ्ल्यान्डलाई दुई विकेटले हराएको छ । जितसँगै भारतले पाँच खेलको शृङ्खलामा २–० को अग्रता हासिल गरेको छ ।
चेन्नईमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको इङ्गल्यान्डले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ६५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको भारतले १९।२ ओभरमा आठ विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो ।
भारतको जितमा तिलक वर्माले उत्कृष्ट अर्धशतकीय पाली खेले । तेस्रो नम्बरमा क्रिज समाल्न आउका तिलकले अविजित ७२ रन बनाए । आक्रामक रूपमा प्रस्तुत भएका उनले केवल ५५ बलको सामना गरी पाँच छक्का र चार चौका पनि प्रहार गरे ।
वासिङ्टन सुन्दरले पनि टोलीको खातामा २६ रन थपे । उनले १९ बलमा एक छक्का र तीन चौका प्रहार गरे । ओपनर ब्याट्सम्यान अभिषेक शर्मा र कप्तान सूर्यकुमार यादवले १२–१२ रन बनाए । इङ्ल्यान्डका बलर ब्राइडन कार्सले तीन विकेट लिए ।
त्यसअघि, इङ्ल्यान्डका लागि कप्तान जस बट्लरले सर्वाधिक ४५ रन बनाएका थिए । उनले केवल ३० बलमा तीन छक्का र दुई चौका पनि प्रहार गरे । ब्राइडन कार्सले पनि टोलीको खातामा ३१ रन थपे । उनले १७ बलमा तीन छक्का र एक चौका हिर्काए ।
जामी स्मिथले पनि २२ रन बनाए । उनले केवल १२ बलमा दुई छक्का र एक चौका प्रहार गरे । उनले पहिलो पटक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका हुन् । भारतीय टोलीका बलर अक्सर पटेल र वरुण चक्रवर्तीले दुई–दुई विकेट लिए ।
उक्त खेलमा भारतका तिलक वर्मा प्लेयर अफ दि म्याच घोषित भए । २२ वर्षीय तिलक वर्माले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो तेस्रो अर्धशतक हो । यसअघि खेलिएको पहिलो खेलमा भारत सात विकेटले विजयी भएको थियो । शृंखला अन्तगर्तको तेस्रो खेल मंगलबार राजकोटमा खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पछिल्लो समय सुस्तामा धेरै विकास भएको छ’
-
सुस्ताको समस्या समाधानमा उच्च तहबाट आँट गर्नुपर्छ
-
२२ वर्षीय युवक : अनलाइन मार्फत ठगेर काठमाडौँमा घर, बैंकमा ४ करोड ब्यालेन्स
-
सभामुखले बोलाए प्रमुख दलका मुख्य सचेतकलाई छलफलमा
-
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
राजदूत यादवद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत