कुन प्रदेशमा अध्यक्षका उम्मेदवारले कति मत पाए ?

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)को २३ औं राष्ट्रिय सम्मेलनबाट नेतृत्व छनोटका लागि शनिबार भएको निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । निर्वाचन समितिले जानकारी दिए अनुसार तीन प्रदेशमा अध्यक्ष पदको अन्तिम मतपरिणाम आइसकेको छ ।
लुम्बिनी प्रदेशमा पदाधिकारीको मतगणना सम्पन्न भइसकेको छ । यहाँ अध्यक्ष पदका उम्मेदवार विजय प्रकाश सापकोटाले सबैभन्दा बढी ८७ मत पाएका छन् । अर्का अध्यक्षका उम्मेदवार हेमन्त राईले ६६ मत पाएका छन् । यसैगरी सुदिन पौडेलले २२ मत पाउँदा उपदेश यादवले जम्मा १० मत पाएका छन् ।
यस्तै कर्णाली प्रदेशमा अध्यक्ष पदको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा सापकोटा र राईबिच कडा प्रतिस्पर्धा देखिएको छ । राईले ८२ मत पाउँदा सापकोटाले ८० मत पाएका छन् । पौडेलले ८ मत ल्याउँदा यादवले ५ मत पाएका छन् ।
यता कोशी प्रदेशमा अध्यक्ष पदको मतगणना अन्तिम चरणमा पुगेको छ । पछिल्लो जानकारी अनुसार यहाँ राई सबैभन्दा अगाडि छन् । २२० मत गणना हुँदा राईले ११६ मत पाएका छन् । सापकोटाले ४९, यादवले ३५ र पौडेलले जम्मा १८ मत पाएका छन् ।
मधेस प्रदेशमा ७३ मत गणना हुँदा यादवले अग्रता लिएका छन् । उनले ३० मत पाउँदा सापकोटा र राईले २०-२० मत पाएका छन् ।
यसैगरी सुदूरपश्चिममा अध्यक्ष पदको मतगणना सम्पन्न भइसकेको छ । यहाँ सापकोटा ७२ मतले अग्रता लिएका छन् । राईले ५९ मत पाउँदा यादवले २२ मत पाएका छन् ।
बागमती प्रदेशमा सापकोटाले सबैभन्दा बढी ८७ मत पाएका छन् । अर्का अध्यक्षका उम्मेदवार राईले ४८ मत पाएका छन् । यसैगरी पौडेलले १७ मत पाउँदा उपदेश यादवले जम्मा ५१ मत पाएका छन् ।
विशेष र विश्वविद्यालयको मतगणना हुन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विमला तुम्खेवाका तीन कविता
-
खानेपानीमन्त्री यादव भारत प्रस्थान
-
अखिल क्रान्तिकारीले टुंग्यायो आरआरको स्ववियु सभापति उम्मेदवार
-
नेपालमा साँचो लोकतन्त्र २०६५ सालमा जन्मिएको हो, त्यसअघि होइन
-
हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण नेपालको रूपरेखा फेर्न सहयोग पुग्नेछ : अध्यक्ष प्रचण्ड
-
‘साना गाई हटाएर २० लिटर दूध दिने खालका पाल्नुपर्छ’