सान फ्रान्सिस्को सहरमा अब कन्सुलेट कार्यालय

क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को सहरमा कन्सुलेट कार्यालय स्थापना हुने भएको छ । मन्त्रिपरिषद्बाट सान फ्रान्सिस्को सहरमा कन्सुलेट कार्यालय स्थापना गर्ने निर्णय खुसीको कुरा भएको समाजसेवी तथा सञ्चारकर्मी माधव मरासिनीले बताए ।
‘मन्त्रिपरिषद्को निर्णय नेपाली नागरिकहरूका लागि विदेशमा सहजता र सुरक्षा प्रदान गर्ने दिशामा एक महत्त्वपूर्ण कदम हो भन्ने विश्वास लिएका छौँ’, कार्यालय स्थापनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका माधव मरासिनीले भने, ‘यो निर्णय नेपालको विदेश सम्बन्धलाई मजबुत बनाउने तथा नेपाली नागरिकहरूको हितमा काम गर्ने एक महत्त्वपूर्ण कदम हो । हामी विश्वास गर्दछौँ कि यो कार्यालयले नेपालको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ।’
क्यालिफोर्निया बस्ने नेपालीले कन्सुलेट कार्यालय स्थापनाका लागि परराष्ट्रमन्त्रीसहित अन्य नेताहरूलाई आग्रह गर्दै आएका थिए । निर्णयसँगै अब कन्सुलेट कार्यालय राख्ने स्थल अध्ययन गर्न परराष्ट्र मन्त्रीलाई कूटनीतिक कर्मचारी पठाइदिन नेपालीहरूले अनुरोध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ
-
प्रमुख प्रशासकीय अधिकृत मेहतालाई विराटनगर महानगरमा हाजिर गर्न नदिइने
-
निसानको ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ देशभरका १६ वटा चेकपोइन्टहरूमा सुरू