शुक्रबार, २९ चैत २०८१
ताजा लोकप्रिय

ला लिगामा रियालको शानदार जित, टिमका लागि एम्बाप्पेको पहिलो ह्याट्रिक

आइतबार, १३ माघ २०८१, ०६ : ०७
आइतबार, १३ माघ २०८१

काठमाडौं । स्पेनिस ला लिगामा शीर्ष क्लब रियाल मड्रिडले शानदार जित निकालेको छ । शनिबार राती भएको खेलमा रियालले रियाल भालाडोलिडलाई ३-० ले हरायो । 

केलियन एम्बाप्पेको ह्याट्रिक मद्दतले रियालले अग्रता थप बलियो बनायो । एम्बाप्पेले एकलौटी ३० औं, ५७ औं र ९१ औं मिनेटमा गोल गरे । एम्बाप्पेले रियालका लागि भने आफ्नो पहिलो ह्याट्रिक दर्ज गरेका हुन् । 

एम्बाप्पेले सिजन १५ लिग गोल पूरा गर्दा सबै प्रतियोगितामा २२ गोल गरेका छन् । यो जितसँगै रियालले चार अंकको अग्रता लिएको छ । उसको २१ खेलबाट ४९ अंक भएको छ भने दोस्रो स्थानको एटलेटिको मड्रिडको ४५ अंक छ । बार्सिलोना भने ३९ अंकसहित तेस्रो स्थानमा छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप