बुधबार, २३ माघ २०८१
ताजा लोकप्रिय

सूर्यनारायणको बार आज कसलाई कति फलदायी ? हेरौँ राशिफल

आइतबार, १३ माघ २०८१, ०४ : ४७
आइतबार, १३ माघ २०८१

आज विक्रमस संवत २०८१ साल माघ १३ गते, आइतबार । ईश्वी सन् २०२५ जनवरी २६ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । माघ कृष्णपक्ष । तिथि–द्धादशी, ३१ घडी १५ पला, बेलुकी ५ बजेर २९ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–ज्येष्ठा, ० घडी ४३ पला, बिहान ७ बजेर ३१ मिनेट उप्रान्त मूल । योग–व्याघात, ५० घडी ३३ पला, रातको ३ बजेर ९ मिनेट उप्रान्त हर्षण । करण– कौलव, बिहान ७ बजेर ४ मिनेट तैतिल, बेलुकी ७ बजेर २५ मिनेट उप्रान्त गर । आनन्दादिमा–काण योग । चन्द्रराशि–बृश्चिक, बिहान ७ बजेर १३ मिनेट उप्रान्त धनु । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५५ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ३८ मिनेट । दिनमान २६ घडी ४८ पला ।  


आजको बार बेला  
बिहान ०६ बजेर ५५ मिनेटसम्म उद्धेग बेला ।
बिहान ६ बजेर ५६ मिनेटदेखि बिहान ८ बजेर १६ मिनेटसम्म चर बेला ।
बिहान ८ बजेर १७ मिनेटदेखि बिहान ९ बजेर ३६ मिनेटसम्म लाभ बेला ।
बिहान ०९ बजेर ३७ मिनेटदेखि बिहान १० बजेर ५६ मिनेटसम्म अमृत बेला ।
बिहान १० बजेर ५७ मिनेटदेखि बिहान १२ बजेर १७ मिनेटसम्म काल बेला ।
मध्यान्ह १२ बजेर १८ मिनेटदेखि दिउँसो १ बजेर ३७ मिनेटसम्म शुभ बेला ।
दिउँसो १ बजेर ३८ मिनेटदेखि दिउँसो २ बजेर ५८ मिनेटसम्म रोग बेला ।
दिउँसो २ बजेर ५९ मिनेटदेखि बेलुकी ४ बजेर १८ मिनेटसम्म उद्धेग बेला ।
बेलुकी ४ बजेर १९ मिनेटदेखि बेलुकी ७ बजेर १८ मिनेटसम्म शुभ बेला ।
नोट  : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
बेलुकी ४ बजेर १७ मिनेटदेखि बेलुकी ५ बजेर ३८ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रम्हा मुहुर्त
बिहान ५ बजेर २० मिनेटदेखी बिहान ६ बजेर ८ मिनेटसम्म ब्रम्हा मुहुर्त रहनेछ ।

आजको राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) नोकरीमा पदोन्नती हुने तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । सन्तानको सुखमा मन रमाउनेछ । आध्यात्मिक तथा धार्मिक क्षेत्रमा समय खर्चनु पर्दा मन प्रशन्न रहनेछ । अध्ययन अध्यापन तथा खोज मुलक क्षेत्रमा सफलता हात पार्न सकिनेछ । राज्यबाट सम्मानित हुने ग्रहयोग रहेकोछ । प्रेमका बाटाहरु फराकिला हुनेछन् भने जीवन साथीको पनि सहयोग पाइने हुँदा मन प्रशन्न रहनेछ ।

बृष (इ,ऊ,ए,ओ,वा,वि,वु,वे,वो) आर्थिक मुद्दाहरु हल हुनुको सट्टा थप जटिल बन्नेछ । बोलीमा रुखोपना बढी आउने हुँदा आफन्त तथा साथीभाइहरु टाडिनेछन् । भौतिक सम्पत्ति प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरुको सामना गर्नु पर्नेछ । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ । आफन्त तथा दिदिबहिनीसँग साना कुरामा राय बाजिनेछ भने घमण्ड गर्ने बानीले आफैलाई समस्या पार्नेछ । र, पनि नसोचेको धन तथा सम्पत्ति प्रयोग गर्न पाइने हुँदा मन प्रशन्न रहनेछ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) उद्योग तथा व्यापारमा लगानी गर्ने अवसर आउनेछ भने बहुमुल्य धातु संग्रह गर्न सकिनेछ । शुभ चिन्तकहरुको सहयोग तथा सद्भाव पाइने हुनाले समयमा नै कामहरु सम्पन्न हुनेछन् । भौतिक सम्पत्ति तथा विलाशी वस्तुको प्रयोगमार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । बन्धु बान्धवहरुको सहयोग तथा समर्धन पाइने हुनाले उपलब्धिमूलक कामहरु गर्न सकिनेछ । प्रेम प्रसङमा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) पढाइ लेखाइमा अरुभन्दा अग्र पंतिमा तपाईंको नाम आउने तथा विजयको योग रहेकोछ । मामा तथा मावलीबाट तपाईंको काममा सहयोग हुनेछ भने परिवारका आवश्यकताहरु पुरा गर्न सकिनेछ । अदालत तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईं आफ्नै पक्षमा हुनेछन् । व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) काम गर्ने वातावरण बन्ने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । आफन्त तथा सन्तानबाट तपाईंको काममा विशेष सहयोग प्राप्त हुनेछ । बौद्धिकताको प्रयोग गरी नाम तथा दाम कमाउन सकिनेछ । नयाँ विचार दिमागमा आउने हुनाले प्रविधिको प्रयोग गरी व्यवहारमा रुपान्तरण गर्न सकिनेछ । प्रेममा सफलता मिल्नेछ । पढाइ कै शिलशिलामा यात्रा गर्ने अवसर जुर्नेछ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) अध्ययन अध्यापनमा अली बढी समय खर्चिदा नतिजा आफैतिर ल्याउन सकिनेछ । कुनै काम शुरु गर्नुभन्दा पनि पुरानै कामहरुलाई निरन्तरता दिनुहोला । चाहँदा चाहँदै पनि घरायसी सुख सुविधाहरु प्रयोग गर्न नपाउदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकीय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरु हावी हुनेछन् । छातिमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथीहरुबाट टाडिएर परदेशको यात्रा गर्नुपर्दा असहज महशुस हुनेछ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)  गन्तज्व्य विहिन यात्राले समस्या निम्तिन सक्छ ध्यान लिनुहोला । व्यवसायिक यात्रा हुने भए पनि उपलब्ध न्यून हुनेछ । आफन्त तथा दाजुभाईसँग मनमुटाब बढ्नेछ । प्रेममा मनमुटाव सिर्जना हुने हुनाले आफ्नो मानिससँग भेटमा कुरा गर्दा ख्याल गर्नुहोला ।स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । कुनै पनि विवाद तथा अदालती पक्रियामा सामेल नहुनुहोला तपााईंको पक्षमा निर्णय नआउन सक्छ ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) पतिपत्नी बीचको मधुर प्रेमाभावले दाम्पत्य जीवन सुखद हुनेछ । इष्टमित्र सहयोगी बन्नेछन् । बोलीमा मधुरता झल्कनेछ भने भाग्यशक्ति सुदृढ रहनेछ । धार्मिक चाहनाले थुप्रै तीर्थाटनको अवसर जुर्नेछ  । पापीय मनोवृति बिस्तारै हट्दै जानाले मन प्रफुल्लित बन्नेछ  । नोकरीमा ख्याती बढ्ने कार्यको सर्वत्र प्रशंसा होला । राजनीतिले समाजमा सुयोग्य र कर्मठ बनाउला । व्यापार व्यवसायले आर्थिक संकट निवारण गर्नेछ ।
धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे)  अध्ययन तथा प्रतिस्पर्धामा तपाईंको नाम एक कदम अगाडि आउनेछ । प्रतिस्पर्र्धीहरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवीहरुले जनताको समर्थनमा पद प्राप्त हुने योग रहेकोछ । समयानुकुल चल्न सकिने हुनाले र व्यापारमा भनेजस्तो आम्दानी हुने हुनाले आर्थिक अवस्था सुदृड रहनेछ । प्रेममा विश्वासको वातावरण सिर्जना हुनेछ । शेयर बजार तथा निर्माण सामाग्री सम्बन्धी कामबाट लाभ लिन सकिनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) खानपान तथा मौषमको ध्यान नदिए स्वास्थ्यमा समस्या आउन सक्छ । आफन्त तथा अग्रजको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेकोछ । माया प्रेममा धोका हुनेछ भने जीवन साथीसँग मनमुटाव बढ्नेछ । पढाइ लेखाइमा ध्यान नजादा अरु भन्दा पछि परिनेछ । विदेशमा उत्पादित सामानको व्यवसाय फस्टाएर जानेछ मने स्वदेशी सामानको व्यापारमा मन्दि आउनेछ ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) पढाइ लेखाइमा मन जानेछ । दाजुभाई वा अग्रजहरुको सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउन सकिनेछ । नयाँ कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउन सकिनेछ भने विभिन्न अवसरहरुले पछ्याउने हुँदा राम्रा परिणाममूखि काम गर्न सकिनेछ । खनिज पदार्थको प्रयोगमार्फत यथेष्ट धन आर्जन हुने ग्रह योग रहेकोछ । नयाँ सवारी साधन तथा मन परेको भौतिक सम्पत्ति लाभ हुने गतिलो सम्भावना रहेकोछ ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) व्यापारमा नाफा कमाउन बढी नै समय दिनु पर्नेछ भने नोकरिमा विशिष्ट व्यक्तित्व हरुसँग विवाद बढ्नेछ । बुवा वा अग्रजसँग कुरा नमिल्दा दैनिक कामहरु प्रभावित हुनेछन् । राजनीति तथा समाजसेवामा जनताको काम गर्दा गर्दै आलोचनाको शिकार हुनु पर्दा मन खिन्न हुनेछ । प्रेममा अनाश्यक शंका गर्नाले मनमुटाव बढ्नेछ । प्रतिकुलताको सामना गर्ने शक्तिमा क्षय हुने हुनाले समय काम सकाउन मुस्किल हुनेछ ।

तपाईंंको दिन शुभ रहोस्,
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप