सोमबार, १४ माघ २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे,  १२ समाचार : अखिल क्रान्तिकारीको चुनावमा लुम्बिनीबाट विजय प्रकाशलाई भारी मतदेखि उग्र बन्दै एनआरएनए विवादसम्म

शनिबार, १२ माघ २०८१, २३ : ५१
शनिबार, १२ माघ २०८१

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– 

१. अखिल क्रान्तिकारी चुनाव र नतिजा 
माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको नयाँ नेतृत्वसहितको कार्यसमिति चयनका लागि शनिवार भएको निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशको अन्तिम नतिजा आएको छ । निर्वाचन समितिका अनुसार अध्यक्षका उम्मेदवारहरूमध्ये विजय प्रकाश शर्मा सापकोटाले ८७, हेमन्त राईले ६६, सुदिन पौडेलले २२, उपदेशकुमार यादवले १० तथा यागेन्द्रबहादुर बुढाले १ मत पाएका छन् । यस्तै उपाध्यक्ष छात्रातर्फ ममता अधिकारीले सर्वाधिक १२९ मत, उपाध्यक्ष आदिवासी जनजातितर्फ सन्दीप पुनले सर्वाधिक ९४ मत पाउँदा उपाध्यक्ष खुलामा मदन ढकालले सर्वाधिक ८८ मत पाएका छन् । 

२. कानुनी अड्चन
दुई वर्षअघि काठमाडौँ विश्वविद्यालयले पुरानो मारुती सुजुकी कारलाई विद्युतीय कारमा बदलेको थियो । विश्वविद्यालयको ग्रिन हाइड्रोजन ल्याबका विद्यार्थीको समूहले पेट्रोलबाट चल्ने एउटा कारलाई विद्युत्बाट चल्ने बनाएका थिए । प्रयोगको रूपमा गरिएको उक्त रूपान्तरण सफल भयो तर सरकारसँग स्पष्ट नीति नहुँदा त्यो कार दैनिक प्रयोगमा छैन । 

३. समपूरक अनुदानसम्बन्धी कार्यविधि २०८१ 
सरकारले समपूरक अनुदानसम्बन्धी कार्यविधि २०८१ ल्याएको छ । प्रदेश वा स्थानीय तहको सामाजिक आर्थिक तथा पूर्वाधार विकासमा सन्तुलन कायम गरी प्राथमिकता प्राप्त आयोजना वा कार्यक्रम कार्यान्वयन गर्न न्यायोचित रूपले समपूरक अनुदान उपलब्ध गराउन यो कार्यविधि ल्याइएको हो । 

४. एनआरएनए विवाद
विश्वभरका गैरआवासीय नेपालीको साझा संस्था भनिँदै आएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को विवाद उग्र बन्दै गएको छ । पूर्वअध्यक्ष शेष घले र ११औँ महाधिवेशनबाट निर्वाचित बद्री केसी दुवै पक्षले संस्थाको महाधिवेशन गर्न छुट्टा–छुट्टै मिति तोकेका छन् । एकर्काले आफूलाई आधिकारिक दाबी गर्दै चुनावी प्रक्रिया अघि बढाउन शाखाहरूलाई सर्कुलर गरेका छन् । जसले संस्थालाई विभाजनतिर लगेको जानकार बताउँछन् ।

५. एमालेको ८ पन्ने अपानि
दुई वर्षअघि काठमाडौँ विश्वविद्यालयले पुरानो मारुती सुजुकी कारलाई विद्युतीय कारमा बदलेको थियो । विश्वविद्यालयको ग्रिन हाइड्रोजन ल्याबका विद्यार्थीको समूहले पेट्रोलबाट चल्ने एउटा कारलाई विद्युत्बाट चल्ने बनाएका थिए । प्रयोगको रूपमा गरिएको उक्त रूपान्तरण सफल भयो तर सरकारसँग स्पष्ट नीति नहुँदा त्यो कार दैनिक प्रयोगमा छैन । 

६. राप्रपा बैठक
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले पेस गरेको मौखिक प्रतिवेदन र महामन्त्री डा. धवलशमशेर राणाले पेस गरेको लिखित ‘राजनीतिक विचार’मा केन्द्रित रहेर केन्द्रीय सदस्यहरूले धारणा राखेका छन् । 

७. रंगमञ्च बहस
नाटक जीवनजगत्को अनुकरण हो र यो जीवनलाई सबैभन्दा नजिकबाट छाम्ने तथा अनुभूत गर्ने अवसर दिलाउने साहित्यिक विधा हो । साहित्यिक विधाहरूमध्ये यो विधा विशिष्ट छ र दृश्य स्वरूपमा यसको अस्तित्व सर्वाधिक प्रभावशाली छ । नाटकलाई पाठ्य स्वरूपमा ग्रहण गर्न नसक्ने र नचाहनेका लागि पनि यसको श्रव्यदृश्य रूप ग्राह्य बनिरहेको हुन्छ ।

८. अनेरास्वव्यु क्रान्तिक्रारीको चुनाव
अनेरास्ववियु क्रान्तिकारीको मतदान सकिएको छ । अहिले सबै प्रदेशको मुचुल्का उठाउने काम भइरहेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार मत गणना आजै सुरु भए पनि अन्तिम मत परिणाम आइतबार बिहानसम्ममा सार्वजनिक हुनेछ ।

९. खेलकुद
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) ले जितेको छ । शनिबार भएको फाइनल खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराएको हो ।

१०. अर्शदीप सिंह 
भारतीय तीव्र गतिका बलर अर्शदीप सिंह अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा सन् २०२४ का लागि टी–२० क्रिकेटर अफ द इयर चुनिएका छन् । सिंह गत वर्ष टी९२० विश्वकप जित्ने भारतीय क्रिकेट टोलीका सदस्य थिए ।

११. फोटोफिचर
बुधबार आउँदै गरेको सोनाम ल्होसारको उपलक्ष्यमा तामाङ समुदायले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेका छन् । 

वन्यजन्तु पर्यटनका लागि ख्याति कमाएको सौराहामा पर्यटकीय माहोल बढेको छ। अघिल्लो वर्षभन्दा योपटक आन्तरिक पर्यटक धेरै बढेको होटल व्यवसायी बताउँछन् । साँझपख राप्ती नदी किनारका रेस्टुरेन्ट भरिन्छन्। किनारको ड्याममा फोटो खिच्ने उत्तिकै हुन्छन्।

राष्ट्रिय परिचयपत्र खारेजीको माग गर्दै नेपाल सूचना प्रविधि समाजले प्रदर्शन गरेको छ । शनिवार समाजले माइतीघर मण्डलामा प्रदर्शन गरेको हो । 

१२. हमासद्वारा चार इजरायली बन्धक रिहा 
हमासले चार इजरायली बन्धकहरूलाई रेडक्रसलाई सुम्पेको छ। यी चारै जना महिला हुन् । प्यालेस्टिनी गाडीबाट ओर्लिएपछि यी महिलालाई मञ्चमा ल्याइएको थियो । हमासले यी चार जना इजरायली सैनिक भएको बताएको छ जसको नाम करिना एरिभ, ड्यानिएला गिल्बोआ, लेवी र लिरी अल्बाग रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप