शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : एमालेको ८ पन्ने अपानिदेखि राप्रपामा विदेशी पासपोर्टधारी नेताको चर्चासम्म

शनिबार, १२ माघ २०८१, २२ : ००
शनिबार, १२ माघ २०८१

आज मिति २०८१ साल माघ महिनाको १२ गते शनिबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

  • कानुनी अड्चन

दुई वर्षअघि काठमाडौँ विश्वविद्यालयले पुरानो मारुती सुजुकी कारलाई विद्युतीय कारमा बदलेको थियो । विश्वविद्यालयको ग्रिन हाइड्रोजन ल्याबका विद्यार्थीको समूहले पेट्रोलबाट चल्ने एउटा कारलाई विद्युत्बाट चल्ने बनाएका थिए । प्रयोगको रूपमा गरिएको उक्त रूपान्तरण सफल भयो तर सरकारसँग स्पष्ट नीति नहुँदा त्यो कार दैनिक प्रयोगमा छैन । 

  • समपूरक अनुदानसम्बन्धी कार्यविधि २०८१ 

सरकारले समपूरक अनुदानसम्बन्धी कार्यविधि २०८१ ल्याएको छ । प्रदेश वा स्थानीय तहको सामाजिक आर्थिक तथा पूर्वाधार विकासमा सन्तुलन कायम गरी प्राथमिकता प्राप्त आयोजना वा कार्यक्रम कार्यान्वयन गर्न न्यायोचित रूपले समपूरक अनुदान उपलब्ध गराउन यो कार्यविधि ल्याइएको हो । 

  • एनआरएनए विवाद

विश्वभरका गैरआवासीय नेपालीको साझा संस्था भनिँदै आएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को विवाद उग्र बन्दै गएको छ । पूर्वअध्यक्ष शेष घले र ११औँ महाधिवेशनबाट निर्वाचित बद्री केसी दुवै पक्षले संस्थाको महाधिवेशन गर्न छुट्टाछुट्टै मिति तोकेका छन् । एकर्काले आफूलाई आधिकारिक दाबी गर्दै चुनावी प्रक्रिया अघि बढाउन शाखाहरूलाई सर्कुलर गरेका छन् । जसले संस्थालाई विभाजनतिर लगेको जानकार बताउँछन् ।

  • एमालेको ८ पन्ने अपानि

दुई वर्षअघि काठमाडौँ विश्वविद्यालयले पुरानो मारुती सुजुकी कारलाई विद्युतीय कारमा बदलेको थियो । विश्वविद्यालयको ग्रिन हाइड्रोजन ल्याबका विद्यार्थीको समूहले पेट्रोलबाट चल्ने एउटा कारलाई विद्युत्बाट चल्ने बनाएका थिए । प्रयोगको रूपमा गरिएको उक्त रूपान्तरण सफल भयो तर सरकारसँग स्पष्ट नीति नहुँदा त्यो कार दैनिक प्रयोगमा छैन । 

  • राप्रपा बैठक

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले पेस गरेको मौखिक प्रतिवेदन र महामन्त्री डा.धवलशमशेर राणाले पेस गरेको लिखित ‘राजनीतिक विचार’मा केन्द्रित रहेर केन्द्रीय सदस्यहरूले धारणा राखेका छन् । 

  • रंगमञ्च बहस

नाटक जीवनजगत्को अनुकरण हो र यो जीवनलाई सबैभन्दा नजिकबाट छाम्ने तथा अनुभूत गर्ने अवसर दिलाउने साहित्यिक विधा हो । साहित्यिक विधाहरूमध्ये यो विधा विशिष्ट छ र दृश्य स्वरूपमा यसको अस्तित्व सर्वाधिक प्रभावशाली छ । नाटकलाई पाठ्य स्वरूपमा ग्रहण गर्न नसक्ने र नचाहनेका लागि पनि यसको श्रव्यदृश्य रूप ग्राह्य बनिरहेको हुन्छ ।

  • अनेरास्वव्यु क्रान्तिक्रारीको चुनाव

अनेरास्ववियु क्रान्तिकारीको मतदान सकिएको छ । अहिले सबै प्रदेशको मुचुल्का उठाउने काम भइरहेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार मत गणना आजै सुरु भए पनि अन्तिम मत परिणाम आइतबार बिहानसम्ममा सार्वजनिक हुनेछ ।

  • शनिबार विशेष

रातोपाटीको शनिबार विशेष सामग्री :

  • खेलकुद

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) ले जितेको छ । शनिबार भएको फाइनल खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराएको हो ।

अमेरिकी खेलाडी म्याडिसन किजले साबिक विजेता आर्याना साबालेंकालाई स्तब्ध बनाउँदै अस्ट्रेलियन ओपनको महिलातर्फको उपाधि जितेकी छन् । म्याडिसनले कुनै पनि ग्रान्ड स्लाम जितेको यो पहिलो अवसर हो ।

भारतीय तीव्र गतिका बलर अर्शदीप सिंह अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) द्वारा सन् २०२४ का लागि टी–२० क्रिकेटर अफ द इयर चुनिएका छन् । सिंह गत वर्ष टी(२० विश्वकप जित्ने भारतीय क्रिकेट टोलीका सदस्य थिए ।

  • फोटोफिचर

बुधबार आउँदै गरेको सोनाम ल्होसारको उपलक्ष्यमा तामाङ समुदायले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेका छन् । 

वन्यजन्तु पर्यटनका लागि ख्याति कमाएको सौराहामा पर्यटकीय माहोल बढेको छ। अघिल्लो वर्षभन्दा योपटक आन्तरिक पर्यटक धेरै बढेको होटल व्यवसायी बताउँछन् । साँझपख राप्ती नदी किनारका रेस्टुरेन्ट भरिन्छन्। किनारको ड्याममा फोटो खिच्ने उत्तिकै हुन्छन्।

राष्ट्रिय परिचयपत्र खारेजीको माग गर्दै नेपाल सूचना प्रविधि समाजले प्रदर्शन गरेको छ । शनिवार समाजले माइतीघर मण्डलामा प्रदर्शन गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप