गोविन्दराज भट्टराईको ‘नयाँ मुग्लान’ को लोकार्पण
![गोविन्दराज भट्टराईको ‘नयाँ मुग्लान’ को लोकार्पण](https://npcdn.ratopati.com/media/news/naya-muglan_tZnNnhMtvL.jpg)
काठमाडौँ । वरिष्ठ समालोचक, उपन्यासकार, नियात्राकार तथा निबन्धकार प्रा.डा. गोविन्दराज भट्टराईको नयाँ उपन्यास ‘नयाँ मुग्लान’को लोकार्पण भएको छ । प्राध्यापक एवम् कवि एल बी क्षेत्रीको अध्यक्षतामा प्राडा अभि सुवेदीको प्रमुख आतिथ्यमा शनिबार काटमाडौंमा आयोजित एक कार्यक्रममा सो कृतिको लोकार्पण भएको हो । कार्यक्रमको उद्घोषण प्राध्यापक अशोक थापाले गरेका थिए ।
कार्यक्रममा आख्यानकार जानुका खतिवडाले कृतिमाथि पाठकीय प्रतिक्रिया राखेकी थिइन् । उत्तर आधुनिकतालाई प्रयोग गरिएको सिंगो उपन्यासले विमानविकृत भइरहेको हाम्रो देशको वास्तविक चित्रण गरेको उनले बताइन् । उपन्यासलाई उनले ‘कर्मी चराको गुँड जस्तोको’ संज्ञा दिएकी थिइन् । उपन्यासमा आफूले विधा मिश्रण पाएको उनको भनाइ थियो ।
विशिष्ट अतिथि प्राडा कुमार कोइरालाले उपन्यासलाई अनिश्चयको चिन्तनबाट लेखिएको बताए । उपन्यासकारको शारीरिक पीडा र देशको पीडा दुबैले उपन्यास लेख्न उक्साएको पनि उनले भने । उपन्यासमा स्वैरकल्पना र बिडम्बनापूर्ण हास्यरस मिसिएको पनि उनले बताए ।
व्यंगात्मक रुपमा प्रस्तु गरिएको उपन्यास उत्तरआधुनिक काव्यिक शैली रहेको आफूले पाएको कोइरालाको भनाइ थियो । नयाँ मुग्लान नेपालको वर्तमान अवस्थाको पुनःलेखन भएको भन्दै यसलाई उनले किनारीकृतहरूको दुखान्त कथा भने । उपन्यास भ्रान्तिको सिद्धान्तमा लेखिएको उनको भनाइ थियो ।
कार्यक्रममा साहित्यकार तथा प्रा महेश पौड्यालले निर्वासन चिन्तनको आधारमा उपन्यासमाथि चर्चा परिचर्चा गरेका थिए । कुनै समय मुग्लान भाँसिएकाहरूको मृत्युको खबर रातो धागो बाँधिएको चिठ्ठीमा आइपुग्थे । तर अहिले कफिनमा शव आउने गरेको कटु सत्यतालाई उपन्यासले प्रकाश पारेको उनको भनाई थियो । साहित्यका विविध विधामा साधनारत् भइरहँदा आफूले उपन्यास लेख्न नसकेको चिन्तापीडा यो उपन्यासमा पोखेको गोविन्द राज भट्टराईले भने । लेख्न नपाएको कुन्ठा उम्लिएर यस कृतिमा पोखिएको उनको भनाई थियो ।
कार्यक्रममा अभि सुवेदीले ‘नयाँ मुग्लान’लाई अधिचेतनाले लेखिएको उपन्यास बताए । कृति उत्तर आधुनिकतामा आधारित भएर देखिएको भन्ने अन्य वक्ताको भनाईलाई काट्दै सुवेदीले यो शक्तिशाली उपन्यास भएको भनेका थिए ।
कार्यक्रमको अन्त्यमा एल बी क्षेत्रीले आफू र आफ्नो परिवार स्वयम् मुगलानिएको भन्दै कृतिमा धारणा राख्नु कत्तिको जायज होला भन्ने प्रश्न गरेका थिए । गाउँहरू रित्तै भइरहेकोमा उनले चिन्ता पनि व्यक्त गरेका थिए । पेज टर्नरले प्रकाशन गरेको यो कृतिको मूल्य ३७५ रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानमा प्रदर्शनकारीको आक्रमणमा परेर उपरथी ढकाल घाइते
-
माछा मार्न गएका युवक नदीमा बेपत्ता
-
बागमतीमा फुटबलको रौनक
-
डडेल्धुरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जोशी मृत फेला
-
वैदेशिक रोजगारीको प्रलोभनमा पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ
-
दरबारमार्गको सडकमा नयाँ प्रयोग : यस्तो छ चर्चामा रहेको ग्रेनाइटको कहानी