सोमबार, १४ माघ २०८१
ताजा लोकप्रिय

बसुन्धरामा यात्रुवाहक बसले ठक्कर दिँदा स्कुटर चालक घाइते

शनिबार, १२ माघ २०८१, २० : ३६
शनिबार, १२ माघ २०८१

काठमाडौँ । काठमाडौँको चक्रपथ सडक खण्डको बसुन्धरामा सवारी दुर्घटना हुँदा एक जना चालक घाइते भएका छन् । शनिबार साँझ पाँचपोखरी सुनौलो यातायातको बा ३ ख ९४४१ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा बागमती प्रदेश ०२–०४१ प २६६० स्कुटर सवार चालक गम्भीर घाइते हुन् ।  

 साँझ ८ बजेतिर भएको सो दुर्घटनामा बस चालक र सहचालक फरार भएका छन् । उनीहरु बसलाई सडकमै छोडी फरार भएका हुन् । फरार चालक र सहचालकको खोजी भैरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप