प्रेस सेन्टर कोशीको अध्यक्षमा राजन राई निर्वाचित
विराटनगर । प्रेस सेन्टर नेपाल कोशी प्रदेशको अध्यक्षमा राजन राई निर्वाचित भएका छन् । विराटनगरमा शुक्रवार सम्पन्न भएको तेस्रो अधिवेशनबाट राई अध्यक्षमा निर्वाचित भएका हुन् । उनी यसअघि प्रदेशका उपाध्यक्ष थिए ।
समितिको वरिष्ठ उपाध्यक्षमा सुजन तिमिल्सिना, महिला उपाध्यक्षमा सूजता लिम्बू, समावेशी उपाध्यक्षमा सेसेहाङ लाओति, महासचिवमा गोकुल पराजुली, सचिव ईश्वर थापा, डिकेश लामा, बिनु तिम्सिना, सत्यनारायण शर्मा, कोषाध्यक्ष झुलन रेग्मी चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा हरि अधिकारी, बाबुराम मुडियारी, पवन साह, मनिता राई, अनिता रसाइली, मोतीराम रसाइली, प्रवीण बानियाँ, भीमकुमार चेम्जोङ, आइपी भट्टराई, नविन सुनाम र दीपक अधिकारी छन् ।
कार्यक्रममा बोल्दै प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा (जुगल) ले पत्रकारिताको गरिमा उच्च बनाउँदै पत्रकार र सञ्चार गृहलाई सबल बनाउनुपर्नेमा जोड दिए । त्यसैगरी प्रेस सेन्टरका केन्द्रीय वरिष्ठ उपाध्यक्ष कमल गिरीले पत्रकारले समाचार मात्र नभएर समाज परिवर्तनमा भूमिका खेल्नुपर्ने बताए ।
प्रेस सेन्टर कान्छो सङ्गठन भए पनि दर्बिलो र ओझ पूर्ण सङ्गठन भएको उनले बताए । नेकपा माओवादी केन्द्र प्रदेश सचिव तथा पूर्वमन्त्री गणेश उप्रेती सुशीलले प्रेस सेन्टर समाजवादी यात्रामा अघि बढेको सङ्गठन भएको बताए । समाजवादी उद्देश्यलाई केन्द्रमा व्यावसायिक पत्रकारिता गर्न उनले आग्रह गरे ।
डिजिटल युगमा पत्रकारिता चुनौती थपिएको बताउँदै नेकपा माओवादी केन्द्र प्रदेश फ्याक्सन इन्चार्ज विजय साम्पाङले प्रदेश अधिवेशन त्यो चुनौती चिर्नुपर्नेमा जोड दिए ।
उद्घाटन सत्रमा कार्यक्रममा प्रेस सेन्टरकी केन्द्रीय उपाध्यक्ष गङ्गा बराल, लक्ष्मण खड्का, नेपाल पत्रकार महासङ्घ केसी प्रदेशकी महासचिव हेमा चेम्जोङ, प्रेस युनियनका प्रदेश अध्यक्ष मीनकुमार नवोदित, समाजवादी प्रेस सङ्गठन प्रदेश अध्यक्ष बन्धु पोखरेललगायतले शुभकामना दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्याय परिषद् सदस्यमा दामोदर खड्का नियुक्त
-
सरकार र कर्मचारीको कार्यक्षमतामाथि प्रदेश प्रमुख जोशीले उठाए प्रश्न
-
नेप्सेमा सामान्य वृद्धि, कारोबारमा उत्साह कायमै रहँदा देखियो अनौठो दृश्य
-
जेठमा पुग्यो अनेरास्ववियुको महाधिवेशन
-
नेता तथा कार्यकर्ता एकताबद्ध भएर कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउनुपर्छ : सभापति देउवा
-
बागमतीका करिब ३ लाख किशोरीलाई एचपीभी खोप लगाइँदै