तीन अर्बको पाम तेल आयात, १ अर्बको भारतमा निर्यात
शनिबार, १२ माघ २०८१, १७ : ३४

काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा तीन अर्बको पाम तेल आयात भएको छ भने १ अर्बको पाम तेल निर्यात भएको छ । २०८१ साउन यता पुस मसान्तसम्म सो परिमाण पाम तेल आयात निर्यात भएको भन्सार विभागले जनाएको छ ।
चालु आर्थिक वर्षको ६ महिनामा ३ अर्ब ४१ करोड २६ लाख ६० हजार रुपैयाँको २३४२२२७९ लिटर आयात भएको छ । सो तेल आयात हुँदा ९४ करोड ७२ लाख ५८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको विभागले जनाएको छ ।
सो अवधिमा १ अर्ब १३ करोड रुपैयाँ बढीको पाम तेल भारतमा निर्यात भएको छ । १ अर्ब १३ करोड ६० लाख ६१ हजार रुपैयाँ बराबरको ६५२१९८४ लिटर पाम तेल निर्यात भएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय