शनिबार, १७ फागुन २०८१
ताजा लोकप्रिय
अखिल क्रान्तिकारी निर्वाचन

अखिल क्रान्तिकारी निर्वाचन : ४ बजेसम्म करिब ४८ प्रतिशत मत खस्यो

शनिबार, १२ माघ २०८१, १६ : ४८
शनिबार, १२ माघ २०८१

काठमाडौँ । अखिल क्रान्तिकारीको २३ औँ नेतृत्व छनोटका लागि देशभर ८ वटा निर्वाचन केन्द्रबाट मतदान जारी छ । उक्त संगठनका ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य र १६२ केन्द्रीय सदस्य पदका लागि निर्वाचन भएको हो ।  

निर्वाचनमा भावी अध्यक्षका लागि ४ जना चुनावी मैदानमा उत्रिएका छन् ।  निर्वाचन समिति प्रमुख मुक्ति प्रधानका अनुसार ४ बजेसम्म करिब ४८ प्रतिशत मत खसेको छ । 

यसपटक मतदानमा जम्मा मतदाता सङ्ख्या २ हजार ३९८ रहेका छन् । हालसम्म कोशी प्रदेशमा १३० जना, मधेस प्रदेशमा १०० जना, बागमती प्रदेशमा १३० जना, गण्डकी प्रदेशमा १२० जना, लुम्बिनी प्रदेशमा १५० जना, कर्णाली प्रदेशमा २०० जना र सुदूरपश्चिममा १३० जनाले मतदान गरेका छन् । उपत्यका विशेष -विश्वविद्यालय प्रदेशमा करिब २०० मत खसेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?