हमासद्वारा चार इजरायली बन्धक रिहा
शनिबार, १२ माघ २०८१, १६ : १४

गाजा । हमासले चार इजरायली बन्धकहरूलाई रेडक्रसलाई सुम्पेको छ। यी चारै जना महिला हुन् ।
प्यालेस्टिनी गाडीबाट ओर्लिएपछि यी महिलालाई मञ्चमा ल्याइएको थियो । हमासले यी चार जना इजरायली सैनिक भएको बताएको छ जसको नाम करिना एरिभ, ड्यानिएला गिल्बोआ, लेवी र लिरी अल्बाग रहेको छ।
बन्धकहरूलाई रिहा गरेपछि तेल अभीभमा खुसीको वातावरण छ। यहाँ परिवारका सदस्यहरू घण्टौँसम्म आफ्ना प्रियजनको पर्खाइमा उभिएका थिए।
इजरायली मिडियाका रिपोर्टहरूका अनुसार बन्धकहरूका परिवारहरू आफ्ना प्रियजनहरूलाई स्वागत गर्न गाजा सीमामा पर्खिरहेका छन्। सीमामा पुगेपछि इजरायली वायुसेनाले बन्धकहरूलाई जिम्मामा लिनेछ। सिमानामा बन्धकहरुका लागि हेलिकप्टर तयार छ ।
इजरायलले हमाससँगको सम्झौता अनुसार प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल