तारकेश्वरमा गहनासहित धनमाल चोरी
शनिबार, १२ माघ २०८१, १६ : ११

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका-६ जरङ्खु पैयुटारमा शुक्रबार दिउँसो चोरी भएको छ । बङ्गलामुखी मन्दिर नजिक डेरा गरी बस्ने धादिङ नीलकण्ठ नगरपालिका-१४ घर भएकी ३५ वर्षीया सिता तामाङको कोठामा चोरी भएको हो ।
कोठाबाट सुनका विभिन्न गरगहना समेत गरी करिब ६ लाख ५६ हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस्तीबाट बेहोस पारेर नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जमा छाडिने
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता
-
प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने