रोहितको कप्तानीमा सन् २०२४ को उत्कृष्ट टी–२० टिम घोषणा

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले सन् २०२४ को उत्कृष्ट टी–२० टिम घोषणा गरेको छ। यसमा टोलीमा भारतका चार खेलाडी समावेश भएका छन् ।
टिमको कमाण्ड भारतलाई टी–२० विश्व च्याम्पियन बनाउने रोहित शर्मालाई दिइएको छ । रोहितको कप्तानीमा भारतले फाइनल खेलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै टी–२० विश्वकपको उपाधि जितेको थियो। ब्याटबाट रोहितको प्रदर्शन गत वर्ष पनि अचम्मको थियो र उनले ११ खेलमा १६० को स्ट्राइक रेटमा ३ सय ७८ रन बनाएका थिए।
रोहितका अलावा जसप्रित बुमराह, अर्शदीप सिंह, हार्दिक पाण्ड्यालाई पनि टोलीमा स्थान दिइएको छ । अष्ट्रेलियाबाट भने ट्राभिस हेड मात्रै टोलीमा परेका छन् । योसँगै बाबर आजम पाकिस्तानका एक मात्र खेलाडी हुन् जसले टोलीमा स्थान बनाएका छन् ।अफगानिस्तानका फास्ट स्पिनर राशिद खान पनि टोलीमा परेका छन् ।
वेस्ट इन्डिजबाट निकोलस पूरन टोलीमा परेका छन् भने जिम्बावेका सिकन्दर रजा पनि टोलीमा स्थान बनाउन सफल भएका छन् । श्रीलंकाबाट वानिन्दु हसरंगालाई टोलीमा स्थान दिइएको छ ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अघिल्लो वर्षको तुलनामा मुद्रास्फीति घट्यो : राष्ट्र बैंक
-
रास्वपाको सचिवालय बैठक जारी
-
आठ महिनामा भित्रियो साढे १० खर्ब बढी रेमिट्यान्स, फागुन महिनामा मात्रै १ खर्ब ५१ अर्ब
-
विद्यालय शिक्षा विधेयकका थप ११ दफामा सहमति जुट्यो
-
मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ
-
फिफ्टिन्स रग्वी च्याम्पियनसिप : उद्घाटन खेलमा गोर्खाली रग्बी क्लब विजयी