प्रधानमन्त्री ओलीको बोली, व्यवहार र कामले मुलुकलाई अध्याँरोतर्फ धकेल्दैछ : प्रभु साह

चितवन । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार सवै मोर्चामा असफल भइसकेको दाबी गरेका छन् । प्रधानमन्त्री ओलीको बोली, व्यवहार र काम मुलुकलाई अध्याँरोतर्फ धकेलिने खालको भएको टिप्पणी उनले गरे ।
चितवनको भरतपुरमा आज आजपा निकटको आईटी आर्मीको जिल्ला भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले सुशासन कायम गर्न र आर्थिक सुधार गर्ने सवालमा सर्वाधिक असफल भएको ओली सरकारको विकल्प खोज्नमा ढिलाई गर्न नहुने बताए । ‘संविधान र संसद्ले नचिन्ने राजनीतिक संयन्त्रको आतंक बन्द गर्नुहोस् । दुई तिहाईको दम्भ भ्रष्टाचारी जोगाउने आधारस्तम्भ बनाइएको छ । आवरणमा संविधान संशोधन भनियो, तर व्यवहारमा संविधानको चीरहरण गरियो,’ साहले भने, ‘ओली सरकारले अध्यादेश अघि अघि अनि संसद् पछि पछि बोलाउँने काम गर्दै राज्यको ढुकुटी लुटने काम गरिरहेको छ । बिचौलियाको सेटिङमा बनेको सरकार बिचौलियाकै लागि काम गरिरहेको छ ।’
वर्तमान सरकार नेपाली जनताको लागि ट्युमर पलाएकोजस्तो भएको टिप्पणी गर्दै उनले यसको विकल्प नेपाली जनताले खोजिरहेको बताए । विदेश सम्बन्ध धुमिल बनेको छ । बीआरआई फ्रेमवर्क सम्झौता ऋणको पासो त होईन भन्ने बहस छेडिएको उनले बताए ।
बिचौलियाको सेटिङमा बनेको वर्तमान सरकार अप्राकृतिक, अलोकतान्त्रिक र सिद्धान्त विपरित भएको उनले बताए । दलतन्त्रको पहिलो सिकार नेपाली निमुखा जनता भएको बताउदै उनले दुई दलीय शासनको दिवालीयाले शंकर पोखरेल र गगन थापाहरु हौसिएको टिप्पणी गरे । यिनीहरु अहिले कहिल्यै नभएको विकास एक महिनामा गर्ने भनेर अध्यादेशको धमाश अनि शासनको धक्कु लगाउन थालेको उनले बताए ।
उनले यी पात्रसँग जोडिएका विज्ञहरुको अनुहार हेर्न जरुरी रहेको बताउदै यिनीहरु जननिर्वाचित थलो संसद्लाई छलेर साँढे बनेर चल्न थालेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र देउवाबिच भेटवार्ता, मन्त्रिपरिषद् बैठक ६ बजे
-
फोहोर मोजा सुँघ्ने बानीले फोक्सोमा सङ्क्रमण
-
प्रा.डा. खड्क केसीले पाए त्रिविको उपकुलपतिको जिम्मेवारी
-
शिक्षकको आन्दोलनले विद्यार्थी भर्ना अभियान ठप्प
-
दुखेको मुटुलाई हाँसोले पुर्न खोज्ने पात्रको कथा ‘हेल्लो काँशिराम'
-
पर्यटकीय गन्तव्य बन्दै बन्दीपुर, एकै वर्ष दुई लाखले गरे भ्रमण