यस्तो छ राप्रपाको आम्दानी र खर्चको हिसाब (आर्थिक प्रतिवेदनसहित)

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठकमा कोषाध्यक्ष नीलकण्ठ काफ्लेले चाुलू आर्थिक वर्ष २०८१/०८२ को आय–व्यव विवरण पेस गरेका छन् । आफ्नो आर्थिक प्रतिवेदन पेस गर्ने क्रममा काफ्लेले पुस मसान्तसम्मको पार्टीको आम्दानी र खर्चको हिसाव पेस गरेका हुन् ।
जसअनुसार पार्टीको खातामा १ करोड ३६ लाख २ हजार १९२ रुपैया मौज्दात छ । यस्तै पुससम्मको अवधिमा कुल आम्दानी १ करोड ९० लाख ६९ हजार ८९२ रुपैयाँ रहेकोमा सबै खर्च कटाएर सो रकम बैंक मौज्दात रहेको हो ।
आर्थिक प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षबाट सरेर आएको बैंक मौज्दात १ करोड ३५ लाख २० हजार ८७५ रुपैयाँ थियो भने सांसदको लेभी बापत १६ लाख ८० हजार, प्रदेश सांसदको लेभी १५ लाख ७९ हजार, पार्टी लेभीबाट ४ लाख ८ हजार रुपैयाँ संकलन भएको छ । यस्तै सक्रिय सदस्यता शुल्कबापत ८ लाख ८९ हजार ९५०, पशुपति शमशेरबाट सहयोग ५ लाख, सोभित उप्रेतीबाट २ लाख रुपैयाँ आम्दानी भएको प्रतिवेदनमा उल्लेख छ ।
यसबाहेक बैंक ब्याज र विभिन्न व्यक्तिबाट केही सहयोग पनि प्राप्त हुँदा खर्चतर्फ सचिवलयको काममा ११ लाख ८६ हजार २२०, भवन मर्मत ८ लाख ६० हजार ५८५, स्थानीय तह उपनिर्वाचनमा ११ लाख १८ हजार ७४० रुपैयाँ भुक्तानी भएको प्रतिवेदनमा उल्लेख छ । यसबाहेक पार्टी प्रवेश कार्यक्रम, प्रशिक्षण, पानी फिल्टर, विभिन्न शीर्षकहरुमा पनि गरेर कुल ५४ लाख ६७ हजार ७०० रुपैयाँ खर्च भएको प्रतिवेदनमा देखाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते