बजार
यो साता कतिले बढ्यो सुनको मूल्य ?
शनिबार, १२ माघ २०८१, १४ : ३६

काठमाडौँ । यो साता पनि सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा साताको अन्त्य सम्ममा सुनको मूल्य प्रतितोला ३५ सय रुपैयाँले वृद्धि भएको हो ।
माघ ६ गते आइतबार छापावाल सुनको मूल्य १ लाख ५७ हजार १ सय रुपैयाँ थियो । शुक्रबार मूल्य बढेर प्रति तोला १ लाख ६० हजार ६०० रुपैयाँ पुगेको हो । सोमबार सुनको मूल्य १ लाख ५७ हजार थियो भने मंगलबार यो बढेर १ लाख ५८ हजार १ सय पुगेको थियो ।
माघ ९ गते बुधबार सुनको मूल्य पुनः बढेर १ लाख ६० हजार पुगेको थियो । बिहीबार भने सुनको मूल्य केही घटेर १ लाख ५९ हजार ६०० रुपैयाँ भएको थियो ।
उता, चाँदीको मूल्य पनि केही बढेको छ । आइतबार प्रतितोला १ हजार ८६० रुपैयाँ रहेकोमा माघ ११ गते शुक्रबार यसको मूल्य १ हजार ८८० पुगेको संघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण
-
अवैध रूपमा भारतमा बसिरहेको आरोपमा १५ विदेशी पक्राउ, डिपोर्टको तयारी
-
प्रचण्डलाई प्रश्न– नेतृत्व कहिले छोड्नु हुन्छ ?
-
आईपीएलबाट बाहिरिए पन्जाबका तीव्र गतिका बलर लोकी फर्गुसन
-
प्रकाश सपुतको समीक्षा : २०८१ आफ्ना विरुद्ध शक्तिशाली भयो
-
अधिकांश तरकारीको मूल्य घट्यो, कुन कति घट्यो ?