मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय

‘परान’को हिस्सा बन्न पाउँदा उत्साहित छु : केकी अधिकारी

शनिबार, १२ माघ २०८१, १४ : ०२
शनिबार, १२ माघ २०८१

काठमाडौँ । अभिनेत्री केकी अधिकारीले चलचित्र ‘परान’ को हिस्सा बन्न पाएकोमा खुसी व्यक्त गरेकी छन् । उनले मनपर्ने र प्रतिभाशाली कलाकारहरूसँग काम गर्न पाउनु सम्मानको कुरा भएको बताएकी हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘हाम्रो नयाँ परियोजना ‘परान’ को आधिकारिक हिस्सा भएको कुरा साझा गर्न पाउँदा उत्साहित छु। मेरा केही मनपर्ने र प्रतिभाशाली कलाकारहरूसँग काम गर्न पाउनु सम्मानको कुरा हो। यो कथालाई जीवन्त पार्ने र नवोदित निर्देशक दीपकप्रसाद आचार्यलाई स्वागत गर्ने अवसरको लागि आभारी छु।

उनले थपिन्–  ‘रञ्जित आचार्य दाइ र शेखर गोल्छा दाइलाई उनीहरूको नयाँ निर्माण गृह बिस्कोप सिनेमाको लागि बधाई छ। नयाँ सुरुवात र पर्दामा केही जादु सिर्जना गर्ने अवसर यहाँ छ।’ प्रतिष्ठित व्यावसायिक घराना गोल्छा समूहका शेखर गोल्छा तथा ‘प्रिज्मा एड्भटाइजिङ’ प्रमुखको संयुक्त स्वामित्वमा रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिले परान फिल्म निर्माण घोषणा गरेको छ ।

हास्य टेलिशृंखला ‘सक्किगोनी’का ‘काकु’ पात्र निर्वाह गर्दै आएका दीपक आचार्यले निर्देशन गर्ने फिल्ममा नीर शाह, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, महेश त्रिपाठी, अञ्जना बराइली, पूजा चन्द, सुभाष गजुरेल, यमन श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिकामा अभिनय रहने छ। आचार्य यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।

बालकलाकारका रूपमा निर्देशक आचार्यका कान्छा छोरा आर्यदीप आचार्यसमेतको अभिनय रहेन फिल्म फाल्गुनको पहिलो साताबाट फ्लोरमा निस्किने बताइन्छ । फिल्मको छायाङ्कन काठमाडौँ तथा धनकुटामा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप