फागुन अन्तिमसम्म ७० प्रतिशत बजेट खर्च गर्नेगरी प्रदेश सरकारले काम अघि बढाएको छ: मुख्यमन्त्री सिंह

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले फागुन अन्तिमसम्म ७० प्रतिशत बजेट खर्च गर्ने गरी प्रदेश सरकारले काम अघि बढाएको बताएका छन् । रातोपाटीसँगको भेटका क्रममा उनले हालसम्म १० अर्बभन्दा बढीको टेन्डर भइसकेको जानकारी दिए ।
प्रदेशसभाले उपभोक्ता समितिमार्फत विकास निर्माणका काम गर्ने गरी प्रदेश सङ्कल्प प्रस्ताव पारित गरेकोले पनि आगामी कामहरू प्रभावकारी हुने विश्वास उनले व्यक्त गरे । प्रदेशसभाको गत आइतबारको बैठकले उपभोक्ता समितिबाट काम गर्न बजेट संशोधनसम्बन्धी सङ्कल्प प्रस्ताव बहुमतले पारित गरेको थियो ।
प्रस्तावमा ५० लाख रुपैयाँभन्दा माथिका काम अनिवार्य ठेक्का प्रक्रियाबाट गर्ने र अन्यको हकमा नेपालको सार्वजनिक खरिद ऐनअनुसार गर्ने भनिएको छ । प्रदेश सरकारले एकैखालका विकास योजनालाई एकीकृत गरेर विनियोजन गरेको काम र रकमसमेत बाँडफाँट गरिने उल्लेख छ ।
मधेस सरकारले चालु आवमा हालसम्म ४ प्रतिशत मात्र बजेट खर्च गरेको छ । बजेट खर्चमा प्रदेश सरकार उदासीन बनेको आरोपपछि पछिल्लो समय टेन्डर प्रक्रियालाई तीव्रता दिइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूलाई अनावश्यक उत्तेजित गर्ने काम भयो : एमाले
-
एनआरएनएको महाधिवेशन सार्न माग गर्दै दायर गरिएको रिटमा कारण देखाऊ आदेश (आदेशसहित)
-
जनताले अपेक्षा गरेको भ्रष्टाचार नियन्त्रण हुन सकेन : उपाध्यक्ष भुसाल
-
दुई खेलाडीको उत्कृष्ट अर्धशतक, मुम्बईले लखनऊलाई दियो २१६ रनको लक्ष्य
-
विद्युत् प्राधिकरण भन्छ- लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ
-
जनमतका कोषाध्यक्ष यादवको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी