मुम्बई हमलाका दोषी तहव्वुर राणालाई भारत ल्याइने, अमेरिकी अदालतद्वारा सुपुर्दगीलाई अनुमोदन
नयाँ दिल्ली । सन् २००८ मा भएको मुम्बई हमलाका आरोपी तहव्वुर राणालाई छिट्टै भारत ल्याइने भएको छ । अमेरिकी सर्वोच्च अदालतले भारत–अमेरिका सुपुर्दगी सन्धिअन्तर्गत राणाको सुपुर्दगीलाई अनुमोदन गरेको हो ।
तहव्वुर राणालाई एफबीआईले सन् २००९ मा पक्राउ गरेको थियो । १३ नोभेम्बर २०२४ मा, राणाले तल्लो अदालतको सुपुर्दगीको निर्णय विरुद्ध सर्वोच्च अदालतमा अपील गरेका थिए । त्यसलाई २१ जनवरीमा सर्वोच्च अदालतले खारेज गरेको थियो।
राणाको सुपुर्दगीबाट बच्ने यो अन्तिम मौका थियो। यसअघि उनले सान फ्रान्सिस्कोको अदालतमा अपिल गरेका थिए जहाँ उनको निवेदन खारेज भएको थियो। अमेरिकी अदालतले आफ्नो फैसलामा दुई देशबिच भएको सुपुर्दगी सन्धिअनुसार उनलाई भारत पठाउन सकिने बताएको थियो ।
मुम्बई हमलाको ४०५ पृष्ठको चार्जशीटमा पनि राणाको नाम आरोपीको रूपमा उल्लेख गरिएको छ। यस अनुसार राणा आईएसआई र लश्कर(ए(तैयबाका सदस्य हुन्। आरोपपत्रका अनुसार राणाले आक्रमणका मुख्य अभियुक्त डेभिड कोलम्यान हेडलीलाई सहयोग गर्दै आएको थिए ।
२६ नोभेम्बर २००८ मा, १० लश्कर–ए–तैयबा आतंकवादीहरूले मुम्बईमा आक्रमण गरे। लियोपोल्ड क्याफे, छत्रपति शिवाजी महाराज टर्मिनस, ताजमहल होटल प्यालेस, ओबेरोय ट्राइडेन्ट, कामा अस्पताल, नरिमन हाउस, मेट्रो सिनेमा र सेन्ट जेभियर्स कलेजमा आक्रमण भएको थियो ।
आक्रमणमा १६६ जनाको मृत्यु भएको थियो भने ३०० जना घाइते भएका थिए । मारिनेमा केही अमेरिकी नागरिक पनि थिए । आक्रमण गर्ने अजमल कसाब पक्राउ परेका थिए । उनलाई सन् २०१२ मा फाँसी दिइएको थियो ।
राणा र हेडलीले मुम्बई आक्रमणको ब्लुप्रिन्ट तयार गरेको मुम्बई प्रहरीको आरोपपत्रमा उल्लेख छ । राणाले भारत आएपछि आक्रमण गर्ने ठाउँ र बस्ने ठाउँबारे आतंकवादीहरूलाई सहयोग गरेका थिए । राणाले नै आक्रमणको खाका तयार गरेका थिए, जसको आधारमा आक्रमण भएको बताइएको छ । –दैनिक भास्करबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पछिल्लो समय सुस्तामा धेरै विकास भएको छ’
-
सुस्ताको समस्या समाधानमा उच्च तहबाट आँट गर्नुपर्छ
-
२२ वर्षीय युवक : अनलाइन मार्फत ठगेर काठमाडौँमा घर, बैंकमा ४ करोड ब्यालेन्स
-
सभामुखले बोलाए प्रमुख दलका मुख्य सचेतकलाई छलफलमा
-
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
राजदूत यादवद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत