गर्भपतनका लागि सरकारी सहायता रोक्न कार्यकारी आदेश जारी
शनिबार, १२ माघ २०८१, ११ : ५५

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्भपतनका लागि सरकारी सहायता रोक्न कार्यकारी आदेश जारी गरेका छन् । गर्भपतनका लागि सरकारी सहायता सम्बन्धी प्रावधानहरूलाई हाइड संशोधन भनिन्छ।
यो पहिलो पटक सन् १९८० मा लागू भएको थियो। तर, त्यसयता यसमा धेरै सुधारहरू भएका छन् । पूर्वअमेरिकी राष्ट्रपति जो बाइडेनले यो कानुन खारेज गर्ने प्रयास गरेका थिए तर उनी असफल भएका थिए ।
ट्रम्पले जारी गरेको कार्यकारी आदेशमा बाइडेन प्रशासनले यसलाई बेवास्ता गरेको बताइएको छ। यो कानुनले सरकारी चिकित्सा कार्यक्रमहरू अन्तरगत सबैभन्दा कम आय भएका महिलाहरूका साथै सैन्य र सरकारी कर्मचारीहरूलाई असर गर्छ।
ट्रम्पद्वारा सर्वोच्च अदालतमा निर्वाचित एक न्यायाधीशले दशकौँ पुरानो यो कानुनलाई हटाउँदै अमेरिकामा गर्भपतनको नीति अलग अलग राज्यले निर्धारण गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलमानको ‘सिकन्दर’ले पाउनै छाड्यो दर्शक
-
ट्रम्प ट्यारिफमाथि चीनको जवाफ– हामी चुप लागेर बस्ने छैनौँ
-
विकासशील राष्ट्रमा स्तरोन्नतिपछि नेपालले के पाउँछ, के गुमाउँछ ?
-
रुसको तर्फबाट १५५ चिनियाँ सैनिक युक्रेनसँग लडिरहेको जेलेन्स्कीको दाबी
-
ट्यारिफ रोक्ने ट्रम्पको घोषणापछि एशियाली बजारमा हरियाली
-
जयपृथ्वी बहुमुखी क्याम्पसमा अनेरास्ववियुका बोहरा विजयी