क्यानडाको प्रधानमन्त्री बन्ने दौडमा भारतीय मूलकी रुबी ढल्ला

टोरन्टो । क्यानडाको प्रधानमन्त्री बन्ने दौडमा भारतीय मूलकी रुबी ढल्लाको नाम पनि परेको छ । रुबी टोरन्टो क्षेत्रकी पूर्व लिबरल सांसद र प्रेरक वक्ता पनि हुन्।उनले प्रारम्भिक दिनमा मोडलको रूपमा पनि काम गरेकी थिइन् ।
जस्टिन ट्रुडोले लिबरल पार्टीको नेताबाट राजीनामा दिएपछि पार्टी अब नयाँ नेताको खोजीमा छ । भारतीय मूलकी अनिता आनन्द नयाँ नेता बन्ने दौडमा सामेल भए पनि उनले त्यसबाट आफ्नो नाम फिर्ता लिने घोषणा गरेकी छन् ।
रुबी ढिलो गरी दौडमा सामेल भए पनि उनको नाम अहिले चर्चाको विषय बनेको छ । रुबीले सन् २००४ देखि २०११ सम्म टोरन्टो क्षेत्रको सिट सम्हालेकी थिइन् । उनी हाउस अफ कमन्समा निर्वाचित भारतीय मूलकी पहिलो क्यानेडियन महिला बनेकी थिइन्। उनीसँगै कन्जरभेटिभ पार्टीबाट नीना ग्रेवाल पनि सांसदमा निर्वाचित भएकी थिइन् ।
हालै सीबीसीलाई दिएको अन्तर्वार्तामा उनले आफू अहिलेसम्म तीन पटक सांसद बनेको र लामो समयदेखि राजनीतिबाट टाढा रहेको बताएकी थिइन् । उनी होटल व्यवसायी पनि हुन् । उनले प्रारम्भिक दिनमा मोडलको रूपमा पनि काम गरेको बताइन् । रुबीले समाचार संस्था सीपी२४ सँग कुराकानी गर्दै आफ्नो आगमनले प्रधानमन्त्रीको दौडमा विविधता ल्याएको बताइन् ।
रुबीमाथि परिवारले काम गर्ने दुई घरेलु कामदारलाई दुर्व्यवहार गरेको आरोप लागेको थियो । जसका कारण उनले सन् २००९ मा आफ्नो पदबाट राजीनामा दिएकी थिइन् । तर, ढल्लाले आफूले कुनै गल्ती नगरेको बारम्बार अस्वीकार गर्दै आएकी छन् । उनीबाहेक अरू धेरै नेताहरू प्रधानमन्त्रीको दौडमा सामेल छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा अडियो काण्ड : फरक दलका नेता मिलेर अनियमितता
-
पूर्वाञ्चल विश्वविद्यालय र प्रडु युनिभर्सिटीबिच शैक्षिक सहकार्यको समझदारीपत्रमा हस्ताक्षर
-
सुर्यप्रसादलाई ‘डुबाउने’ मापदण्डको व्यवस्था अर्थमन्त्रालयद्वारा खारेज
-
तीनकुने घटना : अनर्गल फोटो र भिडियो प्रकाशन नगर्न प्रहरीको आग्रह
-
रविको आक्रोश– भिजिविलिटी गुमाइसकेको सरकार कुन नैतिकताका आधारमा बसेको छ ?
-
मकवानपुरमा अफिम कारोबारीले लुटे प्रहरीको पेस्तोल