अखिल क्रान्तिकारी निर्वाचन
अखिल क्रान्तिकारीको २३ औँ नेतृत्व छनोटका लागि मतदान सुरू
शनिबार, १२ माघ २०८१, ११ : १५

काठमाडौँ । अखिल क्रान्तिकारीको २३ औं नेतृत्व छनोटका लागि देशभर ८ वटा निर्वाचन केन्द्रबाट मतदान सुरू भएको छ । सो निर्वाचनमा भावी अध्यक्षका लागि ४ जना चुनावी मैदानमा उत्रिएका छन् ।
उक्त संगठनका ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य र १६२ केन्द्रीय सदस्य पदका लागि निर्वाचन भएको हो । झण्डै दुई घन्टा ढिलो गरि सुरु भएको मतदान साँझ ६ बजेसम्म हुने निर्वाचन समितिका प्रमुख मुक्ति प्रधानले जानकारी दिए ।
उपत्यकासहित सातै प्रदेशमा मतदान सुरु भएको हो । निर्वाचन समितिका अनुसार कोशी प्रदेशको मतदान केन्द्र धरान, मधेसको जनकपुर, बागमतीको भक्तपुर, गण्डकीको पोखरा, लुम्बिनीको दाङ, कर्णालीको सुर्खेत,सुदूरपश्चिमको धनगढी, उपत्यका विशेष र विश्वविद्यालय प्रदेशको वाल्मीकि क्याम्पस रहेका छन् । ती सबै केन्द्रमा मतदान हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिमस्टेकलाई जनकेन्द्रित र सहकार्यमुखी बनाऔँः परराष्ट्रमन्त्री
-
भ्रष्टाचार र बेथितिले गणतन्त्रलाई कमजोर बनायोः सुदन किराती
-
कोटेश्वरमा रेविका र दिनेशलाई गोली लागेको हो : प्रहरी
-
चैत १५ को प्रदर्शनमा प्रहरीको टाइमलाइन : १२ः५० बजे अश्रुग्याँस प्रहार, २ः५४ मा गोली चलाइयो
-
इन्दुशङ्करले गर्यो सबै भुक्तानी चुक्ता, अन्य उद्योगहरू अझै बाँकी रकम तिर्ने प्रक्रियामा
-
कुलमान र हितेन्द्रको रिट आज पनि हेर्दाहेर्दैमा