शुक्रबार, २५ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
विज्ञका कुरा

अनुहारका लागि कस्ता क्रिम छनोट गर्ने ? (भिडियोसहित)

शनिबार, १२ माघ २०८१

काठमाडौँ । पछिल्लो समय अनुहारमा विभिन्न क्रिम प्रयोग गर्ने चलन छ । खासगरी सामाजिक सञ्जालमा आएका प्रचारात्मक सामग्रीका आधारमा क्रिम छनोट गर्ने पनि प्रशस्त छन् ।

अनुहारमा चाया–पोतो, घाउ–खटिरा हुनेहरूले समेत सामाजिक सञ्जालमा देखिने विज्ञापन हेरेर ती समस्याबाट मुक्ति पाइन्छ भनेर क्रिम प्रयोग गर्दछन् । तर, जथाभावी क्रिम प्रयोग गर्नु हानिकारक हुन पनि सक्छ ।

घर बनाउँदा हामीले कुन सिमेन्ट र कुन डन्डी प्रयोग गर्ने भनेर इन्जिनियरलाई सोध्छौँ । तर अनुहारमा लगाउने क्रिम प्रयोग गर्ने सन्दर्भमा भने सामाजिक सञ्जाल हेरेकै भरमा पसलमा गएर किन्ने गर्दछौँ । नजिकको छालारोग विशेषज्ञलाई भेटेर उसको उपयुक्त सल्लाह लिएर आफूलाई उपयुक्त हुने क्रिम लगाएमा राम्रो हुन्छ ।

सकेसम्म मेडिकलमा पाइने क्रिम प्रयोग गर्दा राम्रो हुन्छ । मेडिकलमा पाइने क्रिमहरू अरू क्रिमभन्दा सस्तो पर्छ । किनकि त्यसमा विज्ञापन हुँदैन । उपयुक्त कम्पोजिसन हुन्छ । त्यही भएर तपाईंलाई चाहिने क्रिम तपाईंको समस्या अनुसार, तपाईं बसेको क्षेत्र अनुसार फरक–फरक पनि हुन सक्छ ।

आफूले कस्तो क्रिम प्रयोग गर्दा राम्रो हुन्छ भन्ने विषयका लागि एक पटक चिकित्सकको सल्लाह लिने र त्यसकै आधारमा प्रयोग गर्नु राम्रो हुन्छ ।

चिकित्सकको सल्लाहविना प्रयोग गरिएको क्रिमबाट आफूले खोजेजस्तो नतिजा नआउन सक्छ । प्रभावकारिता नभएका क्रिम पर्न सक्छन् । यसका साथै त्यस्ता क्रिम महँगो हुनसक्छन् । सनस्क्रिनको कम्पोजिसनमा विश्वास गर्छौँ । मेडिकलमा पाइने सनस्क्रिनमा उपयुक्त कम्पोजिसन हुन्छ । बजारमा पाउने सनस्क्रिनहरूमा मसिनो अक्षरमा कम्पोजिसन लेखिएको हुन्छ । हजारौँ कम्पोजिसन लेखिएको हुन्छ । मेडिकलका क्रिममा ८ देखि १० वटा कम्पोजिसन हुन्छ । मेडिकलमा पाइने क्रिम विश्वासिलो हुन्छ । मिसावट पनि हुँदैन ।

  • कसरी लगाउने ?

सुन्दरता भन्ने बित्तिकै अनुहारसँग जोडिन्छ । सुक्खा हुने सबै अङ्ग हो तर आउटलुक देखिने भनेको अनुहार हो । अनुहारका लागि स्याहार उत्तिकै महत्त्वपूर्ण छ । सबैभन्दा सुक्खा हुने भनेकै कपडाले नढाकिएको भाग हो । अनुहार पनि सुक्खा हुने भागमै पर्छ । अन्य भागभन्दा बढी नै स्याहार आवश्यक पर्छ । बाइक, स्कुटरमा हिँड्ने मान्छेका लागि अनुहारको स्याहार झनै आवश्यक पर्छ । त्यही भएर बिहान उठ्ने बित्तिकै पानीले अनुहार पखाल्ने र मोस्चराइजर लगाउनुपर्छ । त्यसपछि २/२ घण्टाको फरकमा सनस्क्रिन लगाउनु पर्छ । साँझ फेरि पानीले अनुहार पखालेर मोस्चराइजर लगाउनुपर्छ । चिकित्सकको सल्लाह अनुसार नाइट क्रिम लगाउनुपर्छ । 

प्राध्यापक डा. धर्मेन्द्र कर्ण छाला तथा सौन्दर्य विशेषज्ञ हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया