६ महिनामा एक अर्ब बढीको सिमेन्ट निर्यात
शनिबार, १२ माघ २०८१, १० : ५८

काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा १ अर्बभन्दा बढीको सिमेन्ट निर्यात भएको छ । २०८१ साउनदेखि पुस मसान्तसम्ममा १ अर्ब ३७ करोड ९० लाख ७७ हजार रुपैयाँको ९०३९७३.४७ मेट्रिक टन सिमेन्ट र क्लिङ्कर निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
जसमध्ये ८८ करोड ३५ लाख ९० हजार रुपैयाँको ४४९३५१ मेट्रिक टन पोर्टल्याण्ड सिमेन्ट, ४९ करोड ५४ लाख ७६ हजार रुपैयाँको ४५४६२२ मेट्रिक टन सिमेन्ट क्लिङ्कर निर्यात भएको छ । साथै ११ हजार रुपैयाँको ४७५ किलो हाइड्रोलिक सिमेन्ट निर्यात भएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्मार्टफोन र कम्प्युटरमा लगाइएको करबाट पछि हटे ट्रम्प
-
प्रभावकारी बन्दै कर्णाली प्रदेश सभाः हिउँदे अधिवेशमै ७ ऐन निर्माण
-
आन्दोलनबारे पुनर्विचार गर्न शिक्षकहरुलाई संसदीय समितिको आग्रह
-
सियरा लियोनको राष्ट्रपति भवनमा आगलागी
-
अस्पतालको शिलान्यास गर्दै ओलीले भने- निर्माणपछि भारतका जनतालाई समेत उपचार सुविधा दिन सकिन्छ
-
पेरुका राष्ट्रपतिको ‘रोलेक्सगेट’ काण्ड खारेज