टीभीएस मोटरद्वारा स्किल फेस्टको आयोजना

काठमाडौँ । टीभीएस मोटर कम्पनीले काठमाडौँमा राष्ट्रिय स्तरको सीप प्रतियोगिता आयोजना गरेको छ । जेएमपीएल नेपालको प्रतिनिधित्व गर्दै ३० उत्कृष्ट टेक्नीसियनहरूले सहभागिता जनाएका हुन् ।
उनीहरूले प्रतियोगितामा टीभीएस मोटर्सले आफ्ना टेक्निसियनहरूको क्षमता वृद्धि गर्दै अटोमोटिभ उद्योगमा आफ्नो नेतृत्वलाई थप बलियो बनाउने प्रतिबद्धताको प्रतिनिधित्व गर्दै मोटरसाइकल प्रविधिको क्षेत्रमा आफ्नो सीप र ज्ञानको बेजोड प्रदर्शनी गरेका छन् । यी शीर्ष ३० टेक्निसियनहरू मध्य बाट पनि उत्कृष्ट ५ को छनोट गरिने र तिनले भारतको बेंगलोरमा टीभीएस मोटर कम्पनीद्वारा आयोजित हुने एसिया स्तरको सीप प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
प्रतियोगितामा जटिल डायग्नोस्टिक र मर्मत चुनौतीहरूको शृङ्खलाले टेक्नीसियनहरूको समस्या समाधान गर्ने क्षमता, टीभीएस मोटरसाइकलको उन्नत प्रविधिहरूको ज्ञान, र ग्राहक सेवा सीपहरूको परीक्षा लिइएको थियो । प्रतियोगिता, सहभागीहरूको प्राविधिक दक्षता प्रदर्शन गर्नका लागि मात्र नभई सहकर्मी र उद्योगकै अग्रणीहरूसँग प्रत्यक्षरुपमा सिक्ने उल्लेखनीय अवसर पनि हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय