पर्यटकको मन लोभ्याउने सौराहाका वन्यजन्तु (तस्बिरहरू)
_4D1ZZeNliy.jpg)
चितवन । वन्यजन्तु पर्यटनका लागि ख्याति कमाएको सौराहामा पर्यटकीय माहोल बढेको छ। अघिल्लो वर्षभन्दा योपटक आन्तरिक पर्यटक धेरै बढेको होटल व्यवसायी बताउँछन् । साँझपख राप्ती नदी किनारका रेस्टुरेन्ट भरिन्छन्। किनारको ड्याममा फोटो खिच्ने उत्तिकै हुन्छन्।
बिदाको समयमा घुम्ने संस्कार बढेकाले त्यसको प्रभाव सौराहामा देखिन्छ। त्यस्तै बाह्य तथा आन्तरिक पर्यटकको आकर्षणको रूपमा रहेको छ जिप सफारी र हात्तिसफारी ।
कुमरोज मध्यवर्ती सामुदायिक वनमा जिप सफारी सौराहा आउने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकको केन्द्र बनेको छ । पछिल्लो समयमा सौराहा घुम्न आउने पर्यटकले जिप सफारीमार्फत कुमरोज मध्यवर्ती सामुदायिक वन घुम्ने गरेका छन् ।
यस सामुदायिक वनभित्र विभिन्न जङ्गली जनावरहरू नजिकबाट अवलोकन गर्न पाइने भएकोले पनि पर्यटकको आकर्षण बढेको हो । यस क्षेत्रमा सिमसार क्षेत्र, घाँसे मैदान, वन्यजन्तुका वासस्थान, नदी तटीय वन र सालका जङ्गल एकैसाथ अवलोकन गर्न सकिन्छ । वन्यजन्तुमा बाघ, गैँडा, हात्ती, चितुवा, चित्तल, मृग, मयुर, जङ्गली बँदेल लगायत विभिन्न प्रजातिका चराहरू हेर्न पाइन्छ। तस्बिर : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विषादीको उच्च मात्रा भेटिएपछि अनुगमन टोलीद्वारा बेच्न राखिएको काउली नष्ट
-
उपल्लो मुस्ताङको माथिल्लो भेगमा हिमपात
-
१२ बजे, १२ समाचार : हाकिमको विषयलाई लिएर बालेन-सुनिता टकरावदेखि दल विभाजनसम्बन्धी विधेयक ल्याउने सरकारको तयारीसम्म
-
सर्लाहीका दुई निजी अस्पतालमा अनुगमन, दुवै अवैध
-
महाशिवरात्रिमा पशुपति क्षेत्रमा जम्मा भएको फोहर सफाइ गरियो
-
कटारी गोल्डकपको उपाधि च्याम्पियन ब्वाइज काठमाडौँले जित्यो