एसी मिलान पुगे सिटीका कप्तान वाकर
सान सिरो । म्यानचेस्टर सिटीका कप्तान कायल वाकर बाँकी सिजनका लागि इटालियन क्लब एसी मिलानसँग ऋणमा अनुबन्ध भएका छन् । इंग्ल्याण्डका डिफेन्डरले सात पटकको युरोपियन कप विजेता टोलीसँग बिहीबार मेडिकल पूरा गरेका थिए ।
सम्झौतामा मिलानले सिजनको अन्त्यमा ३४ वर्षीय खेलाडीलाई किन्न सक्ने बुँदा पनि समावेश गरिएको छ । ६ पटकको प्रिमियर लिग विजेता वाकरले सान सिरोमा अन्य इंग्लिस खेलाडी फिकायो टोमोरी, रुबेन लोफ्टस चिक र टामी इब्राहिमसँग खेल्ने छन् ।
मिलानमा वाकरलाई ३२ नम्बरको जर्सी दिइएको छ । उनले आइतबार घरेलु मैदानमा हुने पार्मा विरुद्धको खेलमा डेब्यू गर्न सक्ने बताइएको छ ।
सन् २०१७ मा टोटनह्यामबाट सिटीसँग अनुबन्ध भएका वाकरले क्लबका लागि ३१९ खेल खेलेका छन् । उनी सन् २०२२–२३ मा ट्रेबल जित्ने टोलीका सदस्य रहेका थिए ।
त्यस्तै, उनी पेप ग्वार्डिओलको ६ वटै प्रिमियर लिग जित्ने टोलीका सदस्य पनि थिए । राइट ब्याक खेलाडीले इंग्ल्याण्डको राष्ट्रिय टोलीका लागि ९३ खेल खेलेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तिको, अहिलेको र हुनेवाला प्रधानमन्त्रीभन्दा राम्रो काम गरेर देखाउन सक्छु : गगन थापा
-
अमेरिकामा घर विक्री तीन दशकयताकै न्यूनस्तरमा
-
फिल्म ‘डोरी’को नयाँ पोस्टर सार्वजनिक
-
आईसीसी महिला यू–१९ विश्वकप : बंगलादेशलाई हराउँदै पहिलो स्थानमा उक्लियो भारत
-
५ जनालाई नइ पुरस्कार समर्पण गर्ने निर्णय
-
कांग्रेसको संसदीय दलको बैठक जारी, अध्यादेशबारे विज्ञको ब्रिफिङ