अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि आज मतदान

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठनको अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ । निर्वाचन समितिका अनुसार बिहान ९ देखि अपराह्न ४ बजेसम्म सातै प्रदेशमा निर्वाचन हुनेछ ।
सम्पन्न मनोनयन अनुसार ३३ पदाधिकारीका लागि १५५ जनाले उम्मेदवारी परेको छ । भावी अध्यक्षका लागि ४ जनाले उम्मेदवारी दिएका छन् ।
९ उपाध्यक्ष पदका लागि ४४ जनाले उम्मेदवारी दिएका छन् । यस्तै एक महासचिवका लागि ८ जनाले उम्मेदवारी दिएका छन् ।
९ उपमहासचिवका लागि ३६ जना, १२ सचिवका लागि ५८ जना र एक कोषाध्यक्षका लागि ४ जनाले उम्मेदवारी दिएका छन् । अखिल क्रान्तिकारीको ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य, १६२ केन्द्रीय सदस्य पदका लागि दिएका उम्मेदवारहरूको अन्तिम नामावली निर्वाचन समितिले शुक्रबार सार्वजनिक गरेको छ ।
अध्यक्षका लागि हेमन्त राई, सुदिन पौडेल, विजयप्रकाश शर्मा सापकोटा र उपदेश यादव मैदानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैरआवासीय नेपालीलाई लगानीका लागि उद्योगमन्त्री भण्डारीको आग्रह
-
पोखरामा केपी ओली कप क्रिकेट हुने, विजेतालाई १० लाख
-
राजावादीहरूको हिंसात्मक आन्दोलनको विरोधमा नेविसंघको प्रदर्शन
-
पौडी खेल्दा डुबेर दुई युवकको मृत्यु
-
सुरु भयो एनएसएल : सुरुवाती खेलमा नै रोमाञ्चक बराबरी (तस्बिरहरू)
-
पाकिस्तानमा तालिबानविरुद्धको ड्रोन आक्रमणमा ११ जनाको मृत्यु