शनिबार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल
आज विक्रम संवत २०८१ साल माघ १२ गते, शनिबार । ईश्वी सन् २०२५ जनवरी २५ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । माघ कृष्णपक्ष । तिथि–एकादशी, २९ घडी १० पला, बेलुकी ६ बजेर ३६ मिनेट उप्रान्त द्धादशी । नक्षत्र–ज्येष्ठा, अहोरात्र । योग–ध्रुव, ५२ घडी १४ पला, रातको ३ बजेर ४९ मिनेट उप्रान्त व्याघात । करण–बालव, बेलुकी ६ बजेर ३६ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मुुसल योग । चन्द्रराशि–बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५६ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ३७ मिनेट । दिनमान २६ घडी ४५ पला ।
आजको बार बेला
बिहान ०६ बजेर ५६ मिनेटसम्म काल बेला ।
बिहान ६ बजेर ५७ मिनेटदेखि बिहान ८ बजेर १६ मिनेटसम्म शुभ बेला ।
बिहान ८ बजेर १७ मिनेटदेखि बिहान ९ बजेर ३६ मिनेटसम्म रोग बेला ।
बिहान ०९ बजेर ३७ मिनेटदेखि बिहान १० बजेर ५६ मिनेटसम्म उद्धेग बेला ।
बिहान १० बजेर ५७ मिनेटदेखि बिहान १२ बजेर १७ मिनेटसम्म चर बेला ।
मध्यान्ह १२ बजेर १८ मिनेटदेखि दिउँसो १ बजेर ३७ मिनेटसम्म लाभ बेला ।
दिउँसो १ बजेर ३८ मिनेटदेखि दिउँसो २ बजेर ५७ मिनेटसम्म अमृत बेला ।
दिउँसो २ बजेर ५८ मिनेटदेखि बेलुकी ४ बजेर १७ मिनेटसम्म काल बेला ।
बेलुकी ४ बजेर १८ मिनेटदेखि बेलुकी ७ बजेर १७ मिनेटसम्म लाभ बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
बिहान ९ बजेर ३६ मिनेटदेखि बिहान १० बजेर ५६ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रम्हा मुहुर्त
बिहान ५ बजेर २१ मिनेटदेखि बिहान ६ बजेर ९ मिनेटसम्म ब्रम्हा मुहुर्त रहनेछ ।
आजको राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) खानपान तथा वातावरणको ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउने ग्रहयोग रहेकोछ । व्यवसायमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिक कामहरु प्रभावित हुनेछन् । मित्र तथा आफन्तको सल्लाह नमान्दा दुःख पाइनेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेकोछ । यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) आफ्नै बलबुताले व्यापार व्यवसायमा लगानी गरी मनग्गे धन सम्पत्ति संग्रह गर्न सकिनेछ । विगतका कमजोरिहरुलाई सुधार गर्दै सफलताको मार्गमा पाइला चाल्न सकिनेछ । भौतिक सम्पत्तिको प्रयोग गर्न पाइने तथा विलाशी बस्तुको उपयोगमार्फत अरुको मन आफुनिर तान्न सकिनेछ । प्रेम प्रसंगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । अध्ययन वा कामबाट विश्राम पाइने तथा परिवारका साथ मनोरञ्जन तथा खानपानमा समय व्यतित हुनेछ ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) कुनै पनि कामलाई पुनः गर्नु पर्दा मानसिक तनाब बढ्नेछ । पुराना रोगहरु फेरि बल्झन सक्छ ध्यान दिनुहोला । रकम लगानी गर्नको लागी केही समय पर्खनु नै उचित रहेकोछ । व्यापार व्यवसायमा भनेजस्तो आम्दानी नहुँदा आर्थिक अवस्था खस्कनेछ । प्रेममा एक अर्कालाई बुझ्न नसक्दा केही समयको लागि टाडिनु पर्ने हुन सक्छ । कुनै पनि विवादमा सामेल भए हारिने सम्भावन रहेकोछ ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) तपाईंको इमान्दारिताको कदर सबैले गर्नेछन् । बन्द व्यापार फस्टाएर जाने हुनाले मनग्गे लाभ लिन सकिनेछ । अप्ठ्यारा तथा असजिला परिस्थितिलाई सहजै बुद्धिमतापूर्वक निराकरण गर्न सकिनेछ । प्रेममा सामिप्यता बढ्ने तथा उपहार प्राप्तिको योग रहेकोछ । सन्तान तथा आफन्तबाट सहयोग रहने हुनाले मन प्रशन्न रहनेछ । खानपान, घुमफिर तथा मनोरञ्जनमा समय व्यतित हुनेछ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) माया प्रेममा नचाहँदा नचाहँदै मनमुटाव सिर्जना हुनेछ भने जीवन साथीसँग तिक्तता बढ्ने योग रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । अरुकै काममा समय खर्चिदा आफ्नो काम थाती रहनेछ । र, पनि कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्गे आम्दानी हुनेछ । समाजसेवामा दिन बित्नेछ भने अरुको काम गरी प्रसन्न हुने समय रहेको छ ।
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) पारिवारिक असमझ्दारिले कामहरु गर्न केही कठिनाई हुनेछ भने दाजुभाईसँग विवाद बढ्ने योग रहेकोछ । कुनै पनि काम गर्नको लागी गरिने यात्रा कष्टप्रद हुन सक्छ । व्यापारमा लगानी गरिहाल्ने समय रहेको छैन । प्रेममा अरुकै नकारात्मक टिका टिप्पणीले अविश्वास बढ्न सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । आट तथा पराक्रम गर्न नसक्दा हातमै आउन लागेको काम फुत्कनेछ ।
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) तपाईंको कामको धेरैले प्रशंसा गर्नेछन् भने विशिष्ट व्यक्तिहरुबाट सम्मानित हुने ग्रहयोग रहेकोछ । तार्किक क्षमतामा बृद्धि भएर जानेछ भने सम्मानका साथ आम्दानी बढाउन सकिनेछ । गायन तथा संगीतको क्षेत्रमा समय खर्चनेहरुका लागी नयाँ अवसर आउनेछ । पारिवारिक माहोलमा जमघट भई मीठो मसिनो खाने अवसर जुर्नेछ । प्रेमले सकारात्मक मोठ लिनेछ भने कुटुम्बसँगको सम्बन्ध सुदृड भएर जानेछ ।
बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,युं) इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम समयमा नै पुरा हुनेछ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रशंसकहरू बढ्नेछन्। शुभ तथा मांगलिक समारोहबीच मान–सम्मान, प्रतिष्ठा आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्यिता बढ्नेछ। प्रेम र मित्रताको गाँठो कसिने तथा रमाइलो यात्राको तय हुनेछ । फुर्सद नमिले पनि प्रतिष्ठित काम गर्ने अवसर जुट्नेछ।
धनु (ये,यो,भा,भि,भू,ध,फा,ढा,भे) कर्म क्षेत्रमा आउने विवादले आत्मसम्मानमा कमिको महशुस हुनेछ । आकस्मिक खर्च बढ्ने तथा आर्थिक संकटको सामना गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउने भए पनि दैनिक काम गर्न गाह्रो हुने छैन । साथीभाई तथा आफन्त हरुको भेटघाटले नयाँ काम गर्ने अवसर आए पनि फाइदाको लागी अली बढी मेहनेत गर्नुपर्नेछ । र, पनि लामो दुरीको विदेश यात्राको तय हुनेछ भने विदेशी सामानको व्यापार व्यवसाय बढेर जानेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) आर्थिक अवस्था राम्रो रहने हुँदा व्यापारमा लगानी गर्न सकिनेछ । आफ्ना भन्नेहरुले सहयोग गर्ने तथा दाजुभाइहरुको समर्थनमा राम्रा काम गर्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट मनग्गे आर्थिक लाभ लिन सकिनेछ । माया प्रेमको गाठो कसिलो हुने समय रहेकोछ । परिवारका आवश्वकता पुरा गर्न सकिनेछ । अध्ययन तथा कामबाट विश्राम पाइने तथा मनोरञ्जनमा समय व्यतित हुनेछ ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) शरिरमा घाउ, खटिरा तथा चोटपटकको भए रहनेछ । आफन्तसँगको लेनदेन कारोबारले शत्रुता बढ्नेछ । माया प्रेममा सामान्य मनमुटाव बढ्ने तथा श्रीमान श्रीमतीबीचको सम्बन्धमा उतार चढाब बढ्नेछ । बुवा आमाको स्वास्थ्य बिग्रनाले खर्च बढ्नेछ । समाजसेवा तथा राजनीतिमा जनताको साथ नपाइने हुँदा पद प्राप्तिको योग टरेर जानेछ । र, पनि छोटो दुरीको रमाइलो यात्रा तय हुनेछ । खानपान तथा मनोरञ्जनमा समय व्यतित हुनेछ ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) धर्म तथा अध्यात्म क्षेत्रमा रुची बढ्नेछ भने मन्दिर तथा धार्मिक प्रतिष्ठान तिर गई टिका तथा प्रसाद ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बन्द व्यापार फस्टाएर जाने वा नयाँ ठाउँमा लगानी गर्ने वातावरण बन्नेछ । माया प्रेममा नजिक भई आफ्ना आवना साटासाट गर्ने अवसर जुर्नेछ । साथीभाई तथा आफन्तको भेटघाटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । काम वा अध्ययनमा प्रविधिको प्रयोग गरि निरन्तरता दिन सकिनेछ ।
तपाईंको दिन शुभ रहोस्,
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थतन्त्र चलायमान बनाउन अध्यादेश ल्यायौँ : अर्थमन्त्री पौडेल
-
अवामी लिगले बंगलादेशमा चुनाव लड्न नपाउने
-
पाथीभरा केबुलकारको निर्माण कार्य रोक्न राजेन्द्र महतोको माग
-
इजरायललाई २ हजार पाउन्डको बम पठाउन बाटो खुल्यो
-
समीक्षाको स्वरमा ‘नयाँ बाटो रोज्दै छु’
-
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको घण्टाघर शाखा प्रदर्शनी मार्गमा स्थानान्तरण