यी हुन् हमासले दोस्रो चरणमा रिहा गर्न लागेका चार इजरायली बन्धक

काठमाडौं । गाजा युद्धविरामको सम्झौता अनुसार हमासले शनिबार रिहा गर्न लागेका चार इजरायली बन्धकको नाम सार्वजनिक गरेको छ । जसमा सैनिक करिना एरिएव, डेनिएला गिल्बोआ, नामा लेबी र लिरी अल्बाग रहेका छन् ।
यी चारैलाई इजरायलमा बन्द १८० प्यालेस्टाइनी कैदीको बदलामा रिहा गरिने बताइएको छ । गएको आइतबार युद्धविराम लागू भएपछि यो दोस्रो आदानप्रदान हो । यसअघि पहिलो अदलाबदलीमा तीन इजरायली बन्धकको साटो ९० प्यालेस्टाइनी कैदीको रिया गरिएको थियो ।
युद्धविरामले ७ अक्टुबर २०२३ मा इजरायलमा आक्रमण गरिएपछि शुरु भएको १५ महिने रण संग्रामलाई रोकेको छ । जसमा लगभग १२ सय मानिस मारिए भने २५१ बन्धकलाई गाजा फिर्ता लगिने छ । यद्यपि, इजरायल आक्रमणमा ४७ हजार २०० बढी प्यालेस्टाइनी मारिएको गाजामा हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हमासले आउने पाँच हप्तामा रिहा गर्ने बाँकी २६ बन्धकका बारेमा पनि जानकारी आउने विश्वास लिइएको छ । जसमा दुई मातापिता, दुई बच्चा तथा एक १० महिने सबैभन्दा कम उमेरका बन्धक समेत रहेका बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ
-
सामाजिक सद्भाव बिथोल्ने सामग्री सम्प्रेषण नगर्न अनुरोध
-
१० बजे १० समाचार : मधेसमा कमिसनको चक्कर, भाटभटेनी लुटपाट गर्नेहरू छुट्दै