जनप्रेम माविमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

* श्याम गैरे
बागलुङ। ताराखोला गाउँपालिकाको आयोजनामा सातौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आयोजना गरिएको छ । जनप्रेम माध्यमिक विद्यालयले व्यवस्थापन गरेको सो प्रतियोगिता माघ ११ र १२ गते सञ्चालन हुने भएको हो ।
सो प्रतियोगितामा छात्र–छात्रा हाइजम्प, लङ्गजम्प, भलिबल, ज्याब्लिङ थ्रो, १०० मिटर, २०० मिटर, ४०० मिटर, १५०० मिटर दौड र सट्पुट प्रतियोगिता सञ्चालन हुनेछन्। शुक्रवार कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति, बागलुङका अध्यक्ष कुमार खड्काले कार्यक्रमको उद्घाटन गरेका हुन् ।
उद्घाटन सत्रमा मार्चपास समेत प्रस्तुत गरिएको थियो । मार्च पासमा श्री प्रजातन्त्र विकास माध्यमिक विद्यालय, श्री जनप्रेम माध्यमिक विद्यालय, श्री दुर्गा भवानी माध्यमिक विद्यालय, अर्गल माध्यमिक विद्यालय, श्री नेपाल माध्यमिक विद्यालयका छात्र छात्राहरूको सहभागिता रहेको थियो। जनप्रेम माध्यमिक विद्यालयका विद्यार्थीले JPSS आकार बनाएर अनि कराँतेको विशेष काटा प्रस्तुत गरेर सबैलाई रोमाञ्चित बनाएका थिए ।
गाउँपालिका स्तरका खेलाडी छनोट गरी जिल्लामा आयोजना हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पठाइने जनप्रेम माध्यमिक विद्यालयका प्रधानाध्यापक नईन्द्रबहादुर गुरुङले जानकारी दिए। विद्यार्थीहरूको शैक्षिक, सामाजिक र शारीरिक उन्नयनको निम्ति शैक्षिक क्षेत्रमा एउटा पृथक् कदम उठाउँदै आएका गुरुङले कक्षा १ देखि १२ सम्म निःशुल्क दिवा खाजा कार्यक्रम सँगै गणित, विज्ञान तथा अङ्ग्रेजी विषयको निःशुल्क ट्युसन कक्षाहरू सञ्चालन गरेको बताए।
कार्यक्रममा बोल्दै ताराखोला गाउँपालिकाका अध्यक्ष हिमाल विकले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताले विद्यार्थीहरूको उज्ज्वल भविष्यको ढोका खुल्ने र निराशालाई आशामा बदल्न यस्ता कार्यक्रम कोसेढुङ्गा हुने बताए ।
विशिष्ट अतिथि ताराखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यलाल विश्वकर्माले राष्ट्रपति रनिङशील प्रतियोगिताले आफ्नो बाल्यकालको सम्झना बिताएको अनुभूति व्यक्त गरे।
कार्यक्रममा प्रमुख अतिथि खड्काले स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल हुनुपर्नेमा जोड दिए। चार वटा ग्राउन्डमा नियमित खेल सञ्चालन गर्ने र कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खाजा, खाना र बासको राम्रो प्रबन्ध मिलाइएको आयोजकले जानकारी गराए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीका ठुला अस्पतालका क्यान्टिन सन्तोषजनक छैनन् : विभाग
-
‘महिनाको १६ हजार १० रुपैयाँमा पीजी कार्यक्रम चलाउन सकिँदैन’
-
‘भारतीय प्रधानमन्त्रीले नेपालका धार्मिक स्थलको प्रचार गर्नुहुन्छ, हाम्रा प्रधानमन्त्रीहरूलाई मतलब छैन’
-
आन्दोलनका कार्यक्रम स्थगित गर्न कर्मचारी ट्रेड युनियनलाई गगन थापाको आग्रह
-
सुन तस्करी विवादमा मुछिएका सहसचिव अधिकारीको बागमती प्रदेशमा सरुवा
-
प्रधानमन्त्री ओली र फुटबल लिजेन्ड रोबर्टो कार्लोसबिच भेट (तस्बिरहरु)