अपडेट
प्रकाश भुजेललाई थुनामा राख्ने आदेश बदर, धरौटीमा रिहा
शुक्रबार, ११ माघ २०८१, २१ : ०७
१

काठमाडौँ । झाँक्री भनेर चिनिएका प्रकाश भुजेललाई सवारी ज्यान मुद्दामा थुनामा राख्ने जिल्लाको आदेश उच्च अदालतले बदर गरेको छ । बिहीबार उच्च अदालत पाटनका न्यायाधिशद्वय मुनेन्द्र प्रसाद अवस्थी र डिल्लीराज श्रेष्ठले काठमाडौँ जिल्ला अदालतको आदेश बदर गरेका हुन् ।
उच्च अदालतले तोकेको २ लाख धरौटी बुझाएर भुजेल रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
काठमाडौँको शंखरापुरमा कार्तिक २८ मा भुजेलले चलाएको जिपले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको थियो । दुर्घटनामा कागेश्वरी मनोहरा नगरपालिका–३ बस्ने नारायण नगरकोटी र उनकी पत्नी सानुमाया नगरकोटीले ज्यान गुमाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कारागारभित्रै सीप सिकेर कमाउँछन् कैदीबन्दीहरू
-
यो सिजन दोस्रो पटक आमनेसामने हुँदै कोलकाता र पञ्जाब
-
कोशीमा पर्यटन वर्ष सुरूसँगै पर्यटकको चहलपहल बढ्यो
-
जनमत–नागरिक उन्मुक्ति एकता : मतदाता परिचय पत्रसहित बैठकमा उपस्थित हुन जनमतको आग्रह
-
सरकार र आन्दोलनरत शिक्षकबिच वार्ता : छलफललाई निरन्तरता दिने सहमति
-
नेपालमा कति छन् विद्यालय ?