शनिबार, १६ चैत २०८१
ताजा लोकप्रिय

अखिल क्रान्तिकारीको भावी नेतृत्वको दौडमा हेमन्त राई

शुक्रबार, ११ माघ २०८१, २० : ४१
शुक्रबार, ११ माघ २०८१

काठमाडौँ । हेमन्त राईले अखिल(क्रान्तिकारी)को भावी अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् । २३ औँ राष्ट्रिय सम्मेलनमा अध्यक्ष पदका लागि बलिया उम्मेदवार रहेका उनले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट अर्थशास्त्र शिक्षामा स्नातकोत्तर गरेका छन् ।

वि.सं.२०६२ सालमा कक्षा ६ मा अध्ययन गर्दै पन्चकन्या माध्यमिक विद्यालय भोजपुर भुल्केबाट अनेरास्ववियू (क्रान्तिकारी) मा संगठित भएका थिए ।

२०६७ सालमा कक्षा ११ मा अध्ययन गर्दै अनेरास्ववियू (क्रान्तिकारी) यशोधरा मावि इकाई कमिटीबाट सक्रिय विद्यार्थी राजनीति सुरु गरेका थिए । २०६७ सालमा इकाई कमिटी सहसचिव, २०६८ सालमा इकाई कमिटी उपाध्यक्ष, २०६९ सालमा क्याम्पस कमिटी अध्यक्ष, २०७० सालमा जिल्ला संयोजक, २०७० सालमा १९औँ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य र जिल्ला इन्चार्ज भएका थिए ।

२०७३ सालमा २०औँ राष्ट्रिय सम्मेलन र एकता भेलाबाट केन्द्रीय सचिवालय सदस्य, २०७४ सालमा २१औँ राष्ट्रिय सम्मेलनबाट १ नम्बर प्रदेश सह–संयोजक, २०७८ सालमा ऐतिहासिक प्रथम १ नं. प्रदेश सम्मेलनबाट प्रदेश अध्यक्ष तथा २२औँ राष्ट्रिय सम्मेलन पछि केन्द्रीय उपमहासचिव  भएका थिए ।

अखिल (क्रान्तिकारी) संगठन संरचनाको सबै तहमा काम गरेको, विचार र आन्दोलनमा प्रष्ट, व्यवहारमा सरल, कुशल संगठक भएको विद्यार्थी नेताहरूले बताएका छन् । पार्टी उपमहासचिव जनार्दन शर्मा निकट रहेका उनले आफू निर्वाचित भए गुटको अन्त्य गरी विधि र प्रक्रियाबाट एकताबद्ध र बलियो संगठन निर्माण गर्ने बताएका छन् । राईसँगै सुदिन पौडेल, विजयप्रकाश शर्मा सापकोटा, उपदेश यादव चुनावी मैदानमा उत्रिएका छन् । पुस १३ गते ३२ वर्ष उमेर हद लगाउने कि खुला गर्ने विषयमा मतदान हुँदा खुला पक्षधर पराजित भएपछि जुनियरले  भावी नेतृत्व हाक्ने अवसर पाएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप