बार काउन्सिलको बागमती पार्षद्का लागि कोइरालाले गरे उम्मेदवारी घोषणा
काठमाडौँ । कानुन व्यवसायीहरूको अनुगमन र नियमन गर्ने संस्था नेपाल बार काउन्सिलको बागमती प्रदेशको पार्षद्का लागि वरिष्ठ अधिवक्ता पर्शराम कोइरालाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा उनले आफ्ना एजेण्डासहित उम्मेदवारी घोषणा गरेका हुन् ।
२०८१ माघ २६ गते हुन गइरहेको नेपाल बार काउन्सिलको पार्षद् चुनावी अभियानकै क्रममा उनले नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन तर्फबाट बागमती प्रदेशका साझा उम्मेदवार भएर मैदानमा रहेको जानकारी गराए । करिब ३२ वर्षदेखि सर्वोच्च अदालतमा वकालत गरिरहेका वरिष्ठ अधिवक्ता कोइराला चर्चित कर्पोरेट लयर हुन् ।
कानुन व्यवसायी परिषद्ले कानुन व्यवसायीहरूको प्रमाणपत्र, परीक्षा सञ्चालन, कानुन व्यवसायीहरूको अनुगमनदेखि उनीहरूको क्षमता विस्तारसम्म काम गर्दछ । महान्यायाधिवक्ता अध्यक्षतामा रहने कानुन व्यवसायी परिषद्को उपाध्यक्षमा नेपाल बार एशोसिएसनको निर्वाचित अध्यक्ष हुन्छ । सर्वोच्च अदालतको रजिष्ट्रार, त्रिभुवन विश्वविद्यालयको डिनसहित सात प्रदेशबाट सात जना पार्षद् चयन हुन्छ । यसअघि बागमती प्रदेशको पार्षद्को रूपमा वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली निर्वाचित भएका थिए । पाँच वर्षको पदावधि हुने बार काउन्सिलमा नयाँ निर्वाचनको मिति तोकिएसँगै उम्मेदवारी पनि घोषणा गर्ने क्रम सुरु भएको छ ।
बागमती प्रदेशका जिल्ला र उच्च अदालत बार एसोसिएसनले मत हाल्न पाउँछन् । १७ थानमा हुने मतदानमा करिब ८ हजार १ सय १८ मतदाता रहेका छन् । उक्त पार्षद् पदका लागि उम्मेदवारी घोषणा गरेका कोइरालाले आफू निर्वाचित भएमा बार काउन्सिललाई युवा कानुन व्यवसायीदेखि महिला र वरिष्ठ अधिवक्तासम्मलाई समेटेर नयाँ रूपमा लैजाने दाबी गरे ।
उनले महिला कानुन व्यवसायीहरूलाई कानुन व्यवसाय गर्न सक्ने वातावरणको निर्माण गर्ने, लामो समयदेखि कानुन व्यवसाय गरी आउनु भएका अनुभवी कानुन व्यवसायीहरूका लागि बीमा गराउने, व्यवसायी आचार र मर्यादा पालना गराउने कार्यमा भूमिका खेल्ने, कानुन व्यवसायीहरूको चौतर्फी विकास र नव प्रवेशी कानुन व्यवसायीहरूका लागि काम गर्ने उनले आफ्नो योजना सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीका २५ एसएसपीको पदस्थापन
-
प्रहरीका १७ एसपीको सरुवा, पर्सामा गौतम मिश्र
-
प्रहरीका १८ जना एसएसपीको सरुवा, काठमाडौँमा विश्व अधिकारी
-
जनप्रेम माविमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
-
हर्क साम्पाङप्रति महेश बस्नेतको टिप्पणी : अख्तियारले बयानमा बोलाएपछि विछिप्त भए
-
१० बजे १० समाचार : राजेन्द्रलाई धवलको चुनौतीदेखि चुनावी लडाइँमा क्रान्तिकारीसम्म