शुक्रबार, १८ माघ २०८१
ताजा लोकप्रिय

टानको सदस्य मनोनयनमा विवाद, अध्यक्ष सागर पाण्डेको निर्णय अर्को पक्षले नमान्ने

शुक्रबार, ११ माघ २०८१, १७ : २९
शुक्रबार, ११ माघ २०८१

काठमाडौँ । देशभरका पर्वतीय पदयात्रा व्यवसायीको संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान) को सदस्य मनोनयनको विषयमा विवाद देखिएको छ । 

टानका अध्यक्ष सागर पाण्डेले टानको सदस्यमा एकलौटी आफ्ना मान्छेलाई मनोनीत गरेपछि टानमा विवाद देखिएको हो । टानका वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले अध्यक्ष पाण्डेले वरिष्ठ उपाध्यक्षसहित ११ जनाको सहमति विपरीत एकलौटी रूपमा सदस्य मनोनयन गरेको आरोप लगाएका छन् । 

‘सेप्टेम्बर २ तारिखमा सम्पन्न टान निर्वाचनको चार महिना पछि शुक्रवार अध्यक्ष पाण्डेले कार्य समितिको जानकारी बिना र टान कार्यसमितिको माईन्युटमा अभिलेखीकरण समेत नगरेर एक्कासि बैठकमा मनोनीत सदस्यहरूको शपथग्रहणको एजेन्डा समावेश  गर्नु गलत हो,’– उनले भने । 

टान कार्यसमितिमा मनोनयन गरिने छुट्टै कार्यविधि नभएको हुँदा विगतका अध्यक्षले मनोनीत गर्दा मनोनीत हुने व्यक्तिको बारेमा अध्यक्ष स्वयमले प्रस्ताव पेस गरेर छलफल गरी सर्वसम्मतिले कार्यसमितिमा मनोनीत हुने व्यक्तिहरूको नाम अनुमोदन गरी माइन्युट गरेपछि मात्र माइन्यूटमा भएको अभिलेखको आधारमा नियुक्ति पत्र दिने र त्यसपछि शपथ ग्रहण गराउने प्रक्रिया पूरा गरिने भए पनि अध्यक्ष पाण्डेले त्यसो नगरी जबरजस्ती नयाँ सदस्यलाई शपथ खुवाएको वरिष्ठ उपाध्यक्ष शेर्पाको भनाइ छ । 

अध्यक्षको मनपरी तन्त्र टानमा निर्वाचित १७ पदाधिकारी तथा सदस्यमध्ये ११ जनालाई स्वीकार नभएको सहकोषाध्यक्ष शेर्पाले बताए । टानको कार्यसमितिमा सामान्य छलफल नगरी मनोनीत गरियो भनी प्रचार गर्दा टानको विधानको ठाडो उल्लङ्घन भएको उनले बताए । 

वरिष्ठ उपाध्यक्ष शेर्पाले अध्यक्ष पाण्डे सिंगो टानको अध्यक्ष नबनेर एउटा समूहको मात्र अध्यक्ष बनेको बताए । उनले अध्यक्ष पाण्डेलाई आफूले गरेको निर्णय समयमै सच्याउन र थप वातावरण नबिगार्न समेत आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप