७२ घण्टाको अवधिमा अमेरिकामा समातिए ५३८ अवैध आप्रवासी

वासिङ्टन डिसी । अमेरिकामा डोनाल्ड ट्रम्प सत्तामा आएपछि अवैध रूपमा बस्दै आएका आप्रवासीहरूविरुद्ध सरकारले व्यापक स्तरमा कारबाही सुरु गरेको छ ।
गएको १२ देखि १५ घण्टामा ट्रम्प प्रशासनले हजारौँ अवैध आप्रवासीहरूलाई पक्राउ गरी हिरासतमा लिएको छ । यससँगै, अमेरिकी अधिकारीहरूले अमेरिकी सपनाको खोजीमा अमेरिका आएका हजारौँ र लाखौँ मानिसहरू विरुद्ध अहिलेसम्मकै सबैभन्दा ठुलो कारबाही सुरु गरेका छन् ।
हालसम्म ५३८ अवैध आप्रवासीलाई पक्राउ गरिएको र ३७३ जनालाई हिरासतमा राखेर शिविरमा पठाइएको ह्वाइट हाउसले एक्सले भनेको छ । अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन (आइस)ले अवैध आप्रवासीहरू विरुद्ध कारबाही गरिरहेको छ ।
ट्रम्पले वाचा गरे अनुसार अवैध रूपमा बसिरहेका आप्रवासीहरूको सामूहिक निष्कासन कार्यान्वयन गर्न थालेको आइसले भनेको छ । यतिबेला संस्थाले कुनै अपराधको मामिलामा अदालतले सजाय सुनाइसकेका आप्रवासीहरूलाई निशाना बनाइरहेका छन् ।
अमेरिकी मिडियाका अनुसार अमेरिकी एजेन्टहरूले वासिङ्टन, डिसी, फिलाडेल्फिया, बोस्टन, एटलान्टा, नेवार्क र मियामीलगायत धेरै सहरमा छापा मारिरहेका छन् । अमेरिकी संघीय एजेन्सीहरूले यी ठाउँलाई गैरकानूनी अपराधीहरूको लागि आरक्षण स्थलको रूपमा लिन्छन् । यहाँ अवैध अपराधीहरू सजिलै फस्टाउने र संरक्षण पनि पाउने बताइएको छ ।
ट्रम्पका प्रेस सचिवले पछि माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोस्ट गर्दै ५३८ जना आपराधिक अवैध आप्रवासीहरूलाई पक्राउ गरिएको र सयौँलाई सैन्य विमानद्वारा ‘डिपोर्ट’ गरेको भनेका छन् । तर, उनीहरूलाई कहाँ डिपोर्ट गरियो भनेर कुनै जानकारी दिइएको छैन ।
ह्वाइट हाउसले ट्रम्प प्रशासनद्वारा पक्राउ गरेका केही व्यक्तिहरूको नाम र अपराधहरू पनि साझा गरेको छ । यी अपराधमा बलात्कार, बालबालिकासँग यौन आचरण र १४ वर्ष वा सोभन्दा कम उमेरका बालबालिकाको यौन दुर्व्यवहार आदि समावेश छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा
-
‘बौद्धदर्शनको प्रसारमा योगदान गर्ने व्यक्तित्वबारे अनुसन्धान गरिने’
-
१० बजे १० समाचार : देउवाको साथ पाएपछि गर्जिए ओली, आमाको मुख हेर्ने दिन आमाकै कसम खाए रवीन्द्र मिश्रले
-
स्रोत नखुलेको करिब ४३ लाख सहित युवक पक्राउ
-
बेंगलुरुसामु १६२ रनमै रोकियो दिल्ली, कसैले पनि बनाउन सकेनन् अर्धशतक