कर्णालीको परिचय बदल्न युवाहरूको सङ्कल्प जरुरी : मुख्यमन्त्री कँडेल
शुक्रबार, ११ माघ २०८१, १५ : ५८

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको परिचय बदल्न युवाहरूको साथ र सङ्कल्पको जरुरी रहेको बताएका छन् । वीरेन्द्रनगरमा शुक्रबारदेखि सुरु भएको प्रथम कर्णाली युवा महोत्सवको उद्घाटन गर्दै उनले सरकारको एकल प्रयासले मात्र कर्णालीको विकास र समृद्धिको यात्रा सफल नहुने बताएका हुन् ।
मुख्यमन्त्री कँडेलले प्रदेश सरकारलाई निश्चित बजेट र स्रोत साधनका आधारमा काम गर्नुपर्ने बाध्यता रहेको औँल्याए । ‘सबै पक्षलाई समेटेर लैजाने प्रयास गरेको छु । युवाको सकारात्मक साथ आवश्यक छ,’ उनले भने, ‘मैले कहिल्यै कर्णालीको शिर निहुर्याउने काम गर्ने छैन । प्रदेशको विकासमा युवाहरूलाई साथमै राख्नेछु ।’
उनले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै भएकाले व्यवस्था विरोधी चिन्तन नराख्न युवाहरूलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने गाईको पञ्चगव्यमा आधारित उत्पादन’
-
इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी
-
सरकार ! एउटा प्रेम अदालत गठन गर् !
-
दानव नदीमा डुबेर बेपत्ता तीनमध्ये एक जनाको शव फेला
-
रास्वपा नेताहरूले भैरहवा आएर भने – लुम्बिनीमा लगानीको सम्भावना छ
-
तीनकुने घटना : ‘सुरक्षा कमजोरी’बारे छानबिन गर्न समिति गठन