अमेरिकामा जोन एफ केनेडी हत्याकाण्डका फाइल सार्वजनिक गरिँदै
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेयता कयौँ महत्त्वपूर्ण आदेशमा हस्ताक्षर गरेका छन् । यी आदेशमा पूर्व अमेरिकी राष्ट्रपति जोन एफ केनेडी, सिनेटर रोबर्ट एफ केनेडी र नागरिक अधिकार नेता मार्टिन लुथर किंग जूनियरको हत्यासँग सम्बन्धित गोप्य कागजातहरू सार्वजनिक गर्ने पनि छ । यस कदमले यी व्यक्तिहरूको हत्याबारे चलिरहेको अनुमान र अफवाहहरूको अन्त्य गर्नेछ ।
आदेशमा पीडित परिवार र अमेरिकी जनतालाई सत्य जान्ने अधिकार रहेको उल्लेख छ । कार्यकारी आदेशमा राष्ट्रिय गुप्तचर विभागका निर्देशकलाई १५ दिन भित्र यस्तो योजना प्रस्तुत गर्न निर्देशन दिइएको छ, जसबाट जोन एफ. केनेडीको हत्यासँग सम्बन्धित वर्गीकृत कागजातहरू सार्वजनिक गर्न सकियोस् ।
राष्ट्रिय गुप्तचर निर्देशकलाई केनेडी र मार्टिन लुथर किंग जुनियरको हत्यासँग सम्बन्धित कागजातहरू सार्वजनिक गर्ने योजना तयार गर्न ४५ दिनको समय पनि दिइएको छ । कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि मिडियासँग कुरा गर्दै ट्रम्पले यो ठुलो कुरा भएको बताए । धेरै मानिसहरू वर्षौंदेखि यसको प्रतीक्षामा भएको र अब सबै कुरा सार्वजनिक हुने पनि उनको भनाइ थियो । चुनावी अभियानको क्रममा नै ट्रम्पले जोन एफ केनेडीको हत्यासँग सम्बन्धित सबै गोप्य कागजातहरू सार्वजनिक गर्ने वाचा गरेका थिए ।
रहस्यमै अल्झिएको छ अझै केनेडीको हत्या
१९६३ को नोभेम्बर २२ मा अमेरिकाको टेक्सास राज्यमा केनेडीको गोली हानेर हत्या गरिएको थियो । केनेडीको हत्याको आरोप लागेका ली हार्वे ओसवाल्डलाई पनि उनको मुद्दा सुरु हुनुभन्दा अगाडि नै गोली हानी हत्या गरिएको थियो । केनेडीको हत्याको रहस्य अझै पनि रहस्यमय छ ।
यस सम्बन्धमा धेरै सिद्धान्तहरू छन् । कतिपयले केनेडीको हत्या क्युबाली नेता फिडेल क्यास्ट्रोले गरेको विश्वास गर्छन् भने कतिपयले यसको पछाडि रुसको गुप्तचर निकाय केजीबीको हात रहेको ठान्छन् । अमेरिकी सरकारले पनि यस हत्यासँग सम्बन्धित कागजातहरू लामो समयसम्म गोप्य राखेको थियो अब ट्रम्पको आदेशपछि केनेडीको हत्याको रहस्य खुल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारीको ३३ पदाधिकारीका लागि १५५ जनाको उम्मेदवारी
-
आगलागी बढ्न सक्नेतर्फ सचेत हुन आग्रह
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुहिरोले उडान प्रभावित गर्न सक्दैन : अर्थमन्त्री पौडेल
-
बीमा प्राधिकरणको अध्यक्षका लागि एक दर्जन आकांक्षी (नामावलीसहित)
-
वैदेशिक रोजगार विभागका महानिर्देशकका पाँच महिना : ७५ प्रतिशत बढीलाई क्षतिपूर्ति, बिचौलियालाई रोक
-
पाँच वर्षमा ८७ अर्ब ३५ करोड रुपैयाँ रासायनिक मलमा खर्च