जापानमा ब्याजदर बढेर १७ वर्ष यताकै उचाइमा
टोकियो । जापानको केन्द्रीय बैंक ‘बैक अफ जापान’ (बीओजे)ले ब्याजदर बढाएको छ । शुक्रबार बैंकले प्रमुख ब्याजदर बढाएर शून्य दशमलव ५ प्रतिशत आसपासमा पुर्याएको हो । पछिल्लो आर्थिक तथ्याङ्कले गएको महिना महँगी १६ महिनायताकै उच्च दरमा बढेको देखाएपछि बैंकले छोटो अवधिको ब्याजदर बढाएको थियो । योसँगै ब्याजदर १७ वर्षयताकै उच्च स्तरमा उक्लिएको छ ।
बजारमा अर्को झट्का टार्न पछिल्लो ब्याजदर वृद्धि गरेको बीओजेका गभर्नर काजुओ उएदाले भनेका छन् । शुक्रबार सार्वजनिक भएको सरकारी तथ्यांकअनुसार एक वर्ष अघिको तुलनामा डिसेम्बरमा जापानमा कोर उपभोक्ता मूल्य ३ प्रतिशतले बढेको थियो । बीओजेले गरेको यो जुलाईयताको पहिलो ब्याजदर वृद्धि हो । अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेको केही दिनमै बैंकको यो निर्णय आएको हो ।
आफ्नो चुनावी अभियानमा ट्रम्पले अमेरिकामा बाहिरबाट आउने सबै सामानमा अतिरिक्त महसुल लगाउने चेतावनी दिएका थिए । यसले जापान जस्ता निर्यातकर्ता देशमाथि प्रभाव पार्नेछ । अहिलेका लागि ब्याजदर बढाएर आवश्यक पर्यो भने भविष्यमा ब्याजदर घटाउन बैंकले थप ठाउँ पाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका पूर्वमुख्यमन्त्री शाहीको निसानामा किन परे भौतिक पूर्वाधारमन्त्री बुढा ?
-
मुख नदेखाउने तर सपना देखाएर ठगी धन्दा
-
अखिल क्रान्तिकारीका अध्यक्षका दाबेदार विश्वमणि थापाले उम्मेदवारी फिर्ता लिए
-
भाटभटेनीको एकीकृत कर प्रणालीमा पहुँच राखेको आरोपमा दुई जना पक्राउ
-
७२ घण्टाको अवधिमा अमेरिकामा समातिए ५३८ अवैध आप्रवासी
-
सुदूरपश्चिमको बरघर भलमन्सा ऐन चाँडै आउँछ : मुख्यमन्त्री शाह