शुक्रबार, ११ माघ २०८१
ताजा लोकप्रिय

फ्राइडे रिलिज : ‘केटी हराएको सूचना’ भर्सेज ‘डाकु महाराज’

शुक्रबार, ११ माघ २०८१, १३ : ५७
शुक्रबार, ११ माघ २०८१

काठमाडौंँ । आज शुक्रबारबाट नेपाली हलमा एक हिन्दी सहित दुई नयाँ फिल्म रिलिज भएका छन् । फिल्म हुन् ‘केटी हराएको सूचना’ र ‘डाकु महाराज’ । यी दुवै फिल्म देशभर एकसाथ रिलिज भएका हुन् । यद्यपि देशभरका हल यी दुई फिल्मले मात्र कब्जा जमाएको छैन । किनभने अघिल्लो साताको ‘कार्साङ’, ‘गेम चेन्जर’ र त्यस अगाडिका ‘पूर्ण बहादुरको सारङ्गी’, ‘पुष्पा २’ लगायत फिल्मले अझै केही स्टेसनमा निरन्तरता पाइरहेको छ । 

केटी हराएको सूचना 

नाजिर हुसेन र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको ‘केटी हराएको सूचना’ दीपेन्द्र गौचनले निर्देशन गरेका हुन् । गौचन ३२ वर्ष अघिको डकु–ड्रामा ‘उजेली’ का निर्देशक हुन् । ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो ।

फिल्ममा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । फिल्ममा अमितेष शाह विशेष भूमिका छन् । फिल्म प्रेमकथामा बनेको हो ।

नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहर दास मूल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपर भिजन छ ।

फिल्ममा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत छ । ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको फिल्म एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन् ।

डाकु महाराज 

नन्दमुरी बालकृष्ण, बबी देओल र उर्वसी रौतेलाको मुख्य भूमिका रहेको फिल्म ‘डाकु महाराज’ तेलूगुपछि हिन्दीमा रिलिज भएको हो । फिल्ममा बबी देओलले भिलेनको भूमिका निर्वाह गरेका छन् । फिल्ममा बालकृष्णले डाकुको भूमिका निर्वाह गरेका छन् ।  एक आम मानिसलाई समयले कसरी डाकु बन्न बाध्य बनाउँछ भन्ने कथा फिल्मले उठाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप