शुक्रबार, ११ माघ २०८१
ताजा लोकप्रिय

श्रीलंकाका मन्त्रीहरूको सुविधा कटौतीको घोषणा

शुक्रबार, ११ माघ २०८१, ११ : ५४
शुक्रबार, ११ माघ २०८१

 कोलम्बो । श्रीलंकाका राष्ट्रपति अनुरा कुमार दिसानायकेले नयाँ परिपत्र जारी गरेका छन् । यसअन्तर्गत, श्रीलंका सरकारले आफ्ना मन्त्रीहरूका लागि नयाँ नियमहरू बनाएको छ । यी नियमहरू राजनीतिमा मन्त्रीहरूको विशेषाधिकारमाथि नियन्त्रण र जबाफदेहिता बढाउने उद्देश्यले ल्याइएको हो ।

बिहीबार दिसानायकेले मन्त्रीहरूको विशेषाधिकार नियन्त्रण गर्न एक परिपत्र जारी गरे । जसअनुसार क्याबिनेट र उपमन्त्रीहरूलाई केवल दुई सरकारी सवारी साधनमा सीमित गरिएको छ । यसबाहेक, उनीहरूको पेट्रोल भत्ता, कार्यालय, आवासीय र मोबाइल फोन खर्चमा पनि नयाँ सीमा लगाइएको छ ।

 यसका साथै जारी गरिएको परिपत्रमा मन्त्रीहरूको कार्यालयमा कर्मचारीको सङ्ख्या पनि उल्लेख गरिएको छ । क्याबिनेट मन्त्रीले १५ कर्मचारी र उपमन्त्रीले १२ कर्मचारी भन्दा धेरै राख्न पाउने छैनन् । यसबाहेक, मन्त्रीहरूका परिवारका सदस्य वा नजिकका नातेदारहरूलाई महत्त्वपूर्ण सरकारी पदहरूमा नियुक्त गर्न अनुमति दिइने छैन ।

राजपक्षे विवादबीच राष्ट्रपतिको आदेश

यी नियमहरू श्रीलंकाली सरकारले विशेष गरी पूर्व राष्ट्रपति महिन्दा राजपक्षे वरपरको विवादको बिचमा ल्याएको हो । डिसेम्बरमा राजापक्षेको सुरक्षा ३०० बाट घटाएर ६० जना बनाइएको थियो । साथै उक्त मुद्दामा राष्ट्रपति दिसानायकेले राजापक्षेले महँगो सरकारी आवास ओगटेको आरोप लगाएका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप