झापामा ६ महिनाको पुँजीगत खर्च २० प्रतिशत

भद्रपुर । जिल्लाको चालु आर्थिक वर्षको छ महिनामा पुँजीगत खर्च २० दशमलव ४० प्रतिशत भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी मनोज तिम्सिनाका अनुुसार जिल्लाका निम्तिरु १० अर्ब ५५ करोड ६९ लाख ८३ हजार एक सय १० विनियोजन भएकोमा पुस मसान्तसम्म रु दुई अर्ब १५ करोड ३६ लाख दुई हजार आठ सय ८४ खर्च भएको छ ।
“चालुतर्फ विनियोजित रु १६ अर्ब चार करोड ८९ लाख ४५ हजारमध्ये ४५ दशमलव २६ अर्थात् रु सात अर्ब २६ करोड ६३ लाख खर्च भएको छ”, उनले भने । समग्रमा चालु आवको छ महिनामा ४५ दशमलव २६ प्रतिशत अर्थात् नौ अर्ब ४१ करोड ६६ लाख नौ हजार खर्च भएको कोष नियन्त्रक तिम्सिनाले बताए । उनका अनुसार समयमै बजेट निकासा हुँदा पनि जिल्लास्थित सङ्घीय कार्यालय तथा स्थानीय तहले पुँजीगत खर्च बढाउन नसकेका हुन् ।
चालु आवको पुस महिनासम्ममा जिल्लाभर रु नौ अर्ब ८८ करोड २६ लाख ७१ हजार चार सय २८ राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा सबैभन्दा धेरै मेची भन्सार कार्यालयले रु सात अर्ब ५१ करोड ३५ लाख ५५ हजार राजस्व सङ्कलन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रीति जिन्टाको १८ करोड ऋण कसले गर्यो माफ ? के भन्छिन् अभिनेत्री ?
-
उपचार खर्च बढी लाग्ने टिटानसबाट जोगिने उपाय
-
शीर्ष सैन्य अधिकारीपछि सेनाका शीर्ष वकिलहरू पनि बर्खास्तीमा
-
मिस ग्लोबलमा भाग लिन कम्बोडिया पुगिन् विधि
-
विगतमा गरेको सङ्घर्ष र त्याग नबिर्सौँ : उपप्रधानमन्त्री सिंह
-
स्वास्थ्यमा समस्या आएपछि शिक्षामन्त्री पाँच दिनेदेखि अस्पतालमा