‘लाज शरणम्’को नयाँ पोस्टरमा मोहम्मद आफतावको गेटअफमा सिताराम
काठमाडौँ । फिल्म ‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका अभिनेता सिताराम कट्टेलको क्यारेक्टरलाई झल्काइएको छ ।
पोस्टरमा अभिनेता सीतारामको अलावा मुख्य कलाकार मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा र कमलमणि नेपाल प्रस्तुत छन् । नेताको भूमिकामा रहेका सितारामलाई दोरा–सुरुवाल र ज्वारीकोटमा देखाइएको छ । उनी हात उठाएर अभिवादन गरिरहेका छन्, जसले उनको राजनीतिक चरित्रको सङ्केत गर्छ । उनको लुक्सले पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद आफताव आलमलाई झल्काएको अनुमान गरिएको छ । साथै, पोस्टरमा कफिन बोकेका स्थानीयहरूको दृश्यले फिल्मको गहिरो कथावस्तु झल्काएको छ ।
‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ टिमले निर्माण गरेको फिल्म हो । अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी)लगायतका कलाकारले अभिनय रहेको फिल्म कुमार कट्टेल ‘जिग्री ब्रो’ले निर्देशन गरेका हुन् ।
फिल्ममा विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बु लगायतको समेत अभिनय देख्न सकिन्छ । जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको फिल्ममा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । फिल्मलाई सुदीप बरालले छायाङ्कन गरेका हुन् ।
‘लाज शरणम्’ फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुने फिल्म हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालले बोलायो कार्यकारिणी समितिको बैठक
-
हर्क साङपाङको अख्तियारलाई जवाफ : को हो त्यो बुझेर लेखिपठाउनु !
-
ओलीले बालुवाटारबाटै गरे बगनासकाली गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन
-
बालविवाह मुक्त नेपालका लागि मुख्यमन्त्री लामाको प्रतिबद्धता
-
‘कांग्रेस–एमाले बहुदलीय व्यवस्था मास्न र दुई दलीय व्यवस्था कायम गर्ने षड्यन्त्रमा छन्’
-
शनिवार हुने राष्ट्रिय युवा सङ्घको भेलामा ११ सय बढी प्रतिनिधि सहभागी हुने