लुम्बिनी प्रदेश सांसद निमा गिरीले सार्वजनिक गरिन् रिपोर्ट कार्ड
बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरीले दोस्रो रिपोर्ट–कार्ड (वार्षिक प्रतिवेदन) सार्वजनिक गरेकी छिन् । बालविवाह, मादक पदार्थ सेवनले निम्त्याएको घरेलु तथा महिला हिंसा, गरिबी निवारण लगायतका विषयलाई प्राथमिकता दिएर प्रदेश सभा बैठकमा आवाज उठाएको, नीतिगत र सामाजिक सशक्तीकरणका लागि योगदान पुगेको लगायतका विषयहरू समेटेर दोस्रो पटक प्रतिवेदन सार्वजनिक गरेकी हुन् ।
सांसद गिरीले २०७९ साल पौष १७ गते प्रदेश सभाको सदस्य पदको शपथ ग्रहण गरेपछि पहिलो वर्ष (२०७९ पौष १७ देखि २०८० पौष १७) सम्मका कामहरूको प्रतिवेदन सार्वजनिक गरेकी थिइन् ।
उनको दोस्रो वार्षिक प्रतिवेदनमा २०८० पौषदेखि २०८१ पौष महिनासम्मका गतिविधिहरू समेटिएको छ । लुम्बिनी प्रदेश सांसद गिरीले आफ्नो तवरबाट भएका उपलब्धिहरू र कामहरूको प्रतिवेदन सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी हुन् ।
उनको प्रतिवेदनमा राजनैतिक अधिकार, सुशासन तथा सेवा प्रवाह, महिला र बालबालिका, जनस्वास्थ्य सुरक्षा, शिक्षा, युवा तथा खेलकुद, रोजगारी र उद्यमशीलता, कृषि, पशुपालन र वातावरण जस्ता सवालहरूमा आफ्नो भूमिका र उठान गरेका विषय समेटेकी छन् । यस्तै प्रदेशको बजेट वितरणको सवाल र प्रदेशले बनाउने विभिन्न बिधियक माथि आफूले खेलेको भूमिका समेत प्रतिवेदनमा समेटिएकी छिन् ।
जनप्रति प्रदेश सभाको ४० बैठक मध्ये २९ वटामा सहभागी भएको र ११ वटा बैठकमा सहभागी हुन नपाएको विवरण सार्वजनिक गरेकी हुन । अनुपस्थित हुनुको कारण समेत उनले खुलाएकी छिन् । भारत भ्रमण तथा आमाको उपचार र मृत्यु संस्कारको क्रममा सदनको बैठकमा उपस्थित हुन नसकेको विषय रिपोर्ट कार्डमा उल्लेख छ । उनले प्रत्येक वर्ष यस्तो कार्ड प्रस्तुत गर्ने जनाएकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेस–एमाले बहुदलीय व्यवस्था मास्न र दुई दलीय व्यवस्था कायम गर्ने षड्यन्त्रमा छन्’
-
शनिवार हुने राष्ट्रिय युवा सङ्घको भेलामा ११ सय बढी प्रतिनिधि सहभागी हुने
-
फ्राइडे रिलिज : ‘केटी हराएको सूचना’ भर्सेज ‘डाकु महाराज’
-
दक्षिणी क्यालिफोर्नियाको नयाँ क्षेत्रमा आगलागी, युनिभर्सिटीलाई तत्काल खाली गर्न निर्देशन
-
उपत्यकाकाबाट देखियो हिमालका मनमोहक दृश्य
-
अमेरिकामा जोन एफ केनेडी हत्याकाण्डका फाइल सार्वजनिक गरिँदै